OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २०, २०७८जुम्ला,
८३२ पटक

२०७८ साउन २० गते,

जुम्लाका कम्यूनिष्ट नेता अमरसिंह बुढ्थापाको निधन भएको छ । कोरोनाका कारण विरामी भएका बुढ्थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले जानकारी दिनुभयो ।

६४ बर्षको उमेरमा बुढ्थापाको निधन भएको आफन्तले जनाएका छन् । स्थानीय यज्ञबहादुर बुढ्थापाले आज विहान अस्पतालमा उहाँको निधन भएको जानकारी दिनुभयो ।
बि.सं २०३६ सालमा सरकारी नोकारीमा कालिकोट गएका बुढ्थापा जनमत संग्रहमा पञ्चायतको बिपक्षमा प्रचार गर्दै जुम्ला आएर नेमकिपाको पूर्णकालिन राजनितिमा लाग्नु भएको थियो । नेपाल मजदुर किसान पार्टी जुम्लाको सस्थापक सदस्य मध्यका एक बुढ्थापा पनि रहेको नेताहरुले बताएका छन् ।

पञ्चायतका बिरुद्ध आन्दोलन गरेर जुम्लामा बर्षौ जेल भोगेका नेता बुढ्थापाले भने सरकारी राजनितिक पद लिन पाउनु भएन । बहुदलको पक्षमा आन्दोलन गर्दा तत्कालिन राज्यले यातना सहित ज्यान लिने समेत प्रयास गरेको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य पूर्णप्रसाद धितालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बुढ्थापाले त्यहाँबाट पनि बचेर सक्रिय राजनितिमा लाग्नु भएको थियो ।

नेता बुढ्थापाको नेपाली सेनाले अन्त्यष्टी गरेको छ । कोरोना संक्रमणका बिरामीलाई गरिने दाहासंस्कार अनुसार अन्त्यष्टी गरिएको मेजर दिनेश न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लाको शुशासन भ्रष्ट्राचारका बिषयमा आवाज उठाईरहने नेता बुढ्थापाको कम्यूनिष्ट आन्दोलन र योगदान जुम्ली जनताले बिर्षने छैनन् ।

 

प्रतिकृया दिनुहोस्