OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १८, २०७८काठमाडौं
५६५ पटक

१८ साउन २०७८, सोमबार 

सर्वोच्च अदालतले आफैले दिएको अन्तरिम आदेश खारेज गरेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गराउनुभएको थियो । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश प्रकाश ढंगानाको संयुक्त ईजलासले यस अघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ ।

यो आदेशले फ्लोर क्रस गरेका चार प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त भएका छन् । चारै प्रदेशसभा सदस्यहरुलाई पदमुक्त नगर्न जेठ २७ गते सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

गते बैशाखा ३ गते मुख्यमन्त्री शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका उनीहरु १४ वैशाखमा पदमुक्त भएका थिए । एमालेले गरेको कारबाहीका आधारमा प्रदेशसभा सचिवालयले ज्वाला, थापा, बुढा र कुर्मराज शाही पदमुक्त भएको सूचना दिएको थियो । केन्द्रीय कमिटीको सट्टा दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारबाही नमिलेको भन्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २७ जेठमा पदमुक्त भएका उनीहरुलाई पुनर्वहाली गर्न आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्