OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १३, २०७८ सुर्खेत
४५९ पटक

 १३ साउन २०७८, बुधबार

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवाहरुलाई उद्यममा लाग्न अनुरोध गर्नुभएको छ ।

आज विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री बुढाक्षेत्रीले युवा समाज तथा मुलुक निर्माणको महत्वपूर्ण संवाहक हो भन्नुभयो । पछिल्लो समयमा युवाहरु लागूऔषध दुव्र्यसनीको शिकार बन्दै गएका छन्, उहाँले भन्नुभयो, यसले समाजलाई ठूलो क्षेति पुर्याउँछ ।

युवाहरुलाई उद्यममा जोडिन सुझाउँदै मन्त्री बुढाक्षेत्रीले सरकारले सहुलियत कर्जा, ब्याजमा अनुदान जस्ता युवामैत्री कार्यक्रममा जोड दिएको बताउनुभयो । हरेक दृष्टिकोणले पछि परेको कर्णाली जस्तो प्रदेशका युवाहरु उद्यमतर्फ लागे त्यसका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउँदै केही गछौं भनेर योजनासहित आएका युवाहरुलाई सरकारले आवश्यक सहयोगसमेत गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

भाइरल हेपाटाइटिससँग बाँचिरहेका र अत्यन्त जोखिम समुदायहरुका स्वास्थ्य र उपचारको अधिकार सुनिश्चित गर्न सामाजिक विकास मन्त्रालय कुनै कसर बाँकी नराख्ने मन्त्री बुढाक्षत्रीले भनाई थियो । रिकभरिङ नेपाल पुर्व लागूऔष प्रयोगकर्ताहरु तथा उपचार तथा क्षति न्यूनिकरण सेवादायी संस्थाहरुको सञ्जाल भएकोले पनि युवा लक्षित कार्यक्रमको समन्वय गर्न आफुहरु तयार भएको संस्थाका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले जनाउनुभयो ।

“रिकभरिङ महासंघले विश्वभर ११ करोड भन्दा बढी व्यक्तिले इन्जेक्सनमार्फत लागूऔषध सेवन गर्ने कुरा अनुमान गरिएको छ,” अध्यक्ष भट्टराईल भन्नुभयो, “त्यी मध्ये झण्डै आधामा हेपाटाइटिस ‘सी’ हुनसक्ने भएकोले यसमा सरोकारवालाहरुले बेलैमा ध्यान पु¥याउन नसके ठूलो समस्या आउन सक्ने खतरा छ ।”

 

प्रतिकृया दिनुहोस्