OnlinePana

आज : २०८३ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ११, २०७८जाजरकोट
६१९ पटक

११ साउन २०७८ सोमबार

जाजरकोटको नलगाड नगरपालिकामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चारजना घाइते भएका छन्।

बारेकोट गाउँपालिका –८ बाट नलगाड नगरपालिका –५ को सीमाना खारातर्फ जाँदै गरेको ग १ ज ४९५५ नम्बरको जीप लैखममा दुर्घटना भएको हो। मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका –८ की ५५ वर्षीया लक्ष्मी सिंह रहेकी छन्। सिंहको घटनास्थलमै मृत्यु भएको हो।

घाइते हुनेहरुमा बारेकोट–८ की २५ वर्षीया समिक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री, नलगाड नगरपालिका –५ का १८ वर्षीय मिलन शाही छन्। घाइतेहरुको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको प्रहरीले जनाएको छ। चालक बारेकोट –८ का राजु सिंह फरार रहेको प्रहरीले जनाएको छ। जिप बलबहादुर खत्रीले चलाउदा दुर्घटना भएको बताएको छ। जीप नलगाड नदीमा खसेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्