OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ८, २०७८
११८९ पटक

 ८ साउन २०७८, शुक्रबार

जंगली जनावर बँदेलले मकै सखाप पार्न थालेपछि सुर्खेतका किसानहरु रातभरि बारीमै जाग्राम बस्न थालेका छन् ।

वीरेन्द्रनगर नगरपालिका १४ सुर्खेतका किसानहरु समुह बनाएर मकै बचाउन राति बारीमै जाग्राम बस्न थालेका हुन् । बैशाख अन्तिमतिर रोपेको मकैले घोगा हाल्ने समयमै बँदेल लागेपछि त्यसलाई जोगाउन बारीमै जाग्राम बस्न थालिएको स्थानीय रुद्र पौडेलले जानकारी दिनुभयो ।

“एक वर्षसम्म पुग्ने गरी उत्पादन हुने अन्नबाली मकै जगंली जनावरले देनिक खाएर सिध्याउन थाले,” पौडेलले भन्नुभयो, “अरु उपया केही नभएपछि त्यसको वचावटको लागि रातभर बारीको पाटामा जाग्राम बस्दै आएका छौं ।” श्रम गरेर पनि भोकमरी सामना गर्नुपर्ने अवस्थाले किसानलाई चिन्तित बनाएको उहाँले बताउनुभयो ।

गाउँलेहरुले समुह बनाई पालैपालो गरेर रातभर मकै रखौंली गर्दै आएको स्थानीय थलिराम गौतमले दुखेसो गर्नुभयो । “बँदेल एक दिन आएको ठाउमा अर्काेदिन आउदैन, नयाँ ठाउँबाट आएर मकै सखाप पारिसक्छ थाहा हुँदैन,” उहाँले भन्नुभयो । पटक पटक यही पिडाले सताएकोले स्थानीय निकायलाई गुहारिएको गौतमले जनाउनुभयो ।

स्थानीय सरकारले यो समस्या समधान गर्ने आशामा रहेको स्थानीय किसान टंक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार साविकको गढी गाविस ३, ४, ५ र ६ वडाका मेहेपानी, लादे, गोठीकाँडा, बयलकाडालगायतका गाउँमा बँदेलले मकैलगायतका बाली नष्ट गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्