OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०७८जुम्ला
१३०७ पटक

खलंगा साउन ७ गते ।

यहाँको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादका कारण बजेटसहित काम प्रभावित भएको छ । मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपानेको विवादका कारण आर्थिक बर्ष २०७८।२०७९ को बजेट समेत आउन नसकेको बताईएको छ । बजेट मात्रै होईन उनिहरुको विवादले सेवग्राहीहरु समेत मर्कामा परेको छ ।

नगरप्रमुख कान्तिका सेजुवालले बहुमतले असार ३१ गते बजेट पारित गरिएको बताउनुहुन्छ भने उपमेयर अप्सरादेखी न्यौपाने प्रक्रिया मिलाएर कुनैपनि वैठक बजेटनै पारित नभएको बताउनु हुन्छ । वैधानिक रुपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउछन् ।

उपमेयर र मेयरको विवाद थेग्न नसकि कर्मचारीहरुलाई समेत काम गर्न कठिन कर्मचारीहरु बताउछन् । यति सम्म कि राजश्व शाखामा राजश्व वुझाउन आएका सेवाग्राहीहरु पनि कठिन भएको बताउनछन् । राजश्व परामर्श समितिको वैठक नवसेर राजश्व उठाउन समेत कठिन भएको छ । यता राजश्व समितिको वैठकमा आफुलाई कहिल्यै नवोलाएको नगरप्रमुख कान्तिका सेजुवालले बताउनुभएको छ । राजश्व महत्वपूर्ण हो तर पेलेर बजेट ल्याउन प्रयास गर्ने भएकाले समस्या भएको उपमेयर न्याैपाने बताउनुहुन्छ ।

चन्दननाथ नगरपालिका १० निवासी तुफान शाहीले राजश्व तिर्न समेत समस्या भएकाले राम्रो नभएको बताउनु हुन्छ । वडा नम्बर १० का मुनबहादुर नेपालीले जनप्रतिनिधिले राजनितिकरण गरेका कारण सेवाग्राहीहरुलाई समस्या भएको बताउनुभयो । नगरपालिकाका राजश्व शाखाका कर्मचारी कमल भण्डारी राजश्वको रेटदर कायम गर्न नसकेका कारण सेवाग्राही समस्यामा परिरहेको बताउनु हुन्छ ।

वडानम्बर ८ का वडाध्यक्ष नरजित दमाईका अनुसार नगरको प्रमुख र उपप्रमुखलाई बजेट चाडै ल्याउन अनुरोध गर्नुभयो । १० गते सम्म बजेट ल्याउने तयारी भईरहेको उहाँ बताउनु हुन्छ ।नगरको समृद्धि सँग जोडिएको बिषलाई जोडेर बजेट ल्याउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत तिर्थ पौडेलले जानकारी दिनुभयो । जनप्रतिनिधीलाई कर्मचारीले सहजीकरण गरिरहेको अवस्था रहेको बताउनुभयो ।

आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन बर्षमा सार्वजनिक सुनुवाई समेत गर्न सकेको छैन् । स्थानीयहरु नगरका कामहरु जानकारी नभएको भन्दै आक्रोसित हुदै आएका छन् । असार १० आईपुग्दा पनि बजेटको टुंगो नलाग्दा समस्या हुने अन्य जनप्रतिनिधी र कर्मचारीहरु बताउछन् ।

प्रतिकृया दिनुहोस्