OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ६, २०७८सुर्खेत
४९८ पटक

६ साउन २०७८, बुधबार

कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) अन्तरगत मा १२ वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३र७४ देखि निर्माण थालिएका १२ पुलहरू गत वर्ष आव.२०७७०७८ मा सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षात्को बेला यात्रुलाई जोखिम बढेको थियो ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले २०७४ जेठदेखि निर्माण थालिएका ती पुलहरुमध्ये तिलाखोलाबाहेक सबै पुलहरु २०७७ साल पुस मसान्तमै सम्पन्न भएको जानकारी दिए । तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो ।

कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा पुल निर्माण पूरा भएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । इन्जिनीयर शर्माका अनुसार रु.४२ करोड ४५ लाख ४९ हजार ४४४ लागतमा ती पुलहरु निर्माण भएका हुन् । पुल निर्माणका साथै अधिकांश स्थानमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताउँदै उहाँले नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यसपटकको वर्षातमा राजमार्ग अवरुद्ध नभएको जनाउनुभयो ।

रिफ्रेस सेन्टर निर्माण

त्यसैगरी, यातायात व्यवस्था विभागले मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेखको साइँगाउँमा सुविधासम्पन्न रिफ्रेस सेन्टर निर्माण गरेको छ ।

विभागले महिला–पुरुष र अपाङ्गतामैत्री शौचालय, खानेपानी, खाजाघर, यात्रु प्रतीक्षालय, गार्डरुम, बाथरुमसहितको रिफ्रेस सेन्टरको संरचना निर्माण गरेको छ । यातायात व्यवस्था विभागको रु तीन करोड ३५ लाख लागतमा मजदूर निर्माण कम्पनीले निर्माणको जिम्मेवारी पाएको थियो । विभागका साइड इन्जिनियर धिरजकुमार साहले मध्यपहाडी लोकमार्गमा ३०र३० मिटरको दूरीमा रिफ्रेस सेन्टर निर्माण गरिएको बताउनुभयो । लामो रुटमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र यात्रुका लागि रिफ्रेस सेन्टर सञ्चालनको अवधारणा ल्याएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्