OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ६, २०७८काठमाडौं
९९५ पटक

६ साउन २०७८, बुधबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले ‘बकर इद’को अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।

प्रदेश प्रमुख कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी सम्वत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीजनमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश दिनुभएको हो ।

जारी सन्देशमा उहाँले भन्नुभएको छः “इस्लामले बकर इद (इद–उल–जोहा) र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद ईस्लाम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन रहिआएको छ । ‘बकर इद’ हाम्रो धार्मिक एवं साँस्कृतिक सम्पदा हो । यसले हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएको छु ।”

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै प्रदेश प्रमुख कलौनीले हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीबाट आफू बच्न र अरुलाई बचाउन नेपाल सरकारले लागू गरेका स्वास्थ्य मापदण्ड पालना गरी घरमै बसेर धार्मिक क्रियाकलाप गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्