OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७८सुर्खेत
५५४ पटक

 ५ साउन २०७८ मंगलबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिन सुर्खेतका विभिन्न ठाउँबाट सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक घर्तीले नष्ट गरिएको दुई हजार २५७ लिटर तयारी मदिरा रहेको जनाउनुभयो । त्यस्तै, चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सामाजिक अपराधका अधिकांश घटनाहरु मदिराका कारण घट्ने भएकोले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आव.को प्रारम्भदेखि अभियान थालिएको हो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबरजस्ती करणी मुद्दाका चार वर्षदेखि फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका ३७ वर्षीय मदन विक.लाई सोमबार पक्राउ गरेको थियो । प्रहरीका अनुसार विकलाई जिल्ला अदालत सुर्खेतले विसं.२०७४ कार्तिक २८ गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला आदेश गरेको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी शुरु गरेको विशेष अभियानअन्तरगत पक्राउ परेका फरार प्रतिवादी विकलाई अदालतसमक्ष बुझाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्