OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०७८सुर्खेत
३९९ पटक

१ साउन २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिनुभया ।

कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने सङ्क्रान्तिका अवसरमा यो पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
सङ्घीय सरकारले दिएका बिदाबाहेक कर्णाली प्रदेश सरकारले वर्षमा छ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्