OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३०, २०७८काठमाडौं
५४६ पटक

३० असार २०७८, बुधबार

प्रतिनिधिसभा सांसदहरूको नाममा झण्डै रु.छ करोड बढी रकम आज–भोलिमै निकासा हुँदैछ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गर्दै छ ।

सर्वोच्च अदालतले अस्ति २८ गते अपराह्न प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अहिले संसद् सचिवालय हिसाब निकाल्न जुटेको छ । एक सांसदलाई मासिक ६४ हजार ७० रूपैयाँ पारिश्रमिक, काठमाडौंमा घर हुनेलाई आवास सुविधाबापत ९ हजार र घर नहुनेका लागि १८ हजारका दरले निकासा हुँदै आएको छ । यसका अलावा संसद् बैठक बसेको दिन बैठक भत्ता र ट्याक्सी भाडा तथा समितिको बैठक बसेको दिन छुट्टै भत्ता हुन्छ ।
प्रतिनिधिसभा पुनःस्थापना भएसँगै समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउनेछन् । यो हिसाबले सांसदहरूका लागि औसतमा झण्डै २ करोड तलबबापत मात्रै खर्च हुन्छ । यस्तै, उनीहरूका पिएको लागि झण्डै १ करोड ५ लाख हाराहारी रकम निकासा हुने संसद् सचिवालयले जनाएको छ ।

सांसदका पिएले अधिकृत स्केलको तलब सुविधा पाउँदै आएका छन् । यसरी सांसद तथा पिएका नाममा जेठ र असारको मासिक ३ करोडका दरले दुई महिनाको एकमुष्ट ६ करोड रकम खातामा हालिदिने तयारी छ ।

पर्सिबाट यो आर्थिक वर्ष समाप्त हुने हुँदा जेठ र असारमा कामै नगरे पनि सांसद तथा पिएले दुई महिनाको तलब एकमुष्ट बुझ्नेछन् । यो समाचार जनआस्थामा छ ।

प्रतिकृया दिनुहोस्