OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ७, २०७६काठमाडौं
६३८ पटक

नेत्र शाही जुम्ला,
खलङ्गा पुस ७ गते । जुम्ला सडक सञ्जालले जोडिएपछि पछिल्लो समय लागुऔषध ओसार पसार तथा प्रयोग बढिरहेको भनेपनि बिमानबाट पनि औषध ओसार पसार हुन थालेको छ ।
प्रहरी छल्दै लागु औषध जहाँजबाट जुम्ला भित्रिने गरेको भन्ने गोप्य सूचनाको आधारमा जुम्ला प्रहरीले ६ ग्रामको आगु औषध बरामत गरेको जानकारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले तारा यएरको जहाँजमा आएको एक कार्टुन भित्र स्याम्फुको डिब्बा, स्याम्फुको डिब्बा भित्र कण्डमको खोस्टोमा वाधिएको अवस्थामा लागु औषध भेटाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीका व्यापक गुनासो आएपछि विशेष सर्च अभियानको आधारमा पुस २ गते नेपालगंजबाट आएको जहाँजमा पठाईएको एक कार्टुन भित्र लागु औषध सहित भटाईएको जानकारी दिनुभयो । प्रनाउ धामीका अनुसार प्रमाण भेटाएपछि जहाँजबाट पनि लागु औषध ओसार पसार हुन्छ भन्ने प्रमाणित भएको छ । घटनाको अनुसन्धानका लागि जहाँजमै काम गर्ने जुम्लाबाट एक र नेपालगंजबाट एकजनालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेरै लागुऔषध ओसारपोसर तथा चोरीका घटना सार्वजानिक गरेका छन् । जुम्लाजस्तो ठाउँमा लागुऔषध विमानबाट भित्रिन्छ भन्ने कुरा पत्यारो लागेको थिएन। तर, पनि जनगुनासोलाई मध्यनजर गर्दै हामीले निगरानी गरी रहेका थियौँ’ डिएसपी धामीले भन्नुभयोे, ’अन्तत ब्राउन सुगर नागरिक उड्डयन कार्यालय जुम्लाको टर्मिनल भवनभित्रबाट बरामत गर्न सफल भयौँ ।
शिलबन्दी नेपालगंजबाट सामान पठाउने, जुम्लामा उक्त सामान समात्नेलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। उनीहरूको नाम भने गोप्य राखिएको छ । त्यसअघि प्रहरीले मंसिर १७ गते तीला गाउँपालिका ( ३ कुडारीस्थित रोडमाको सडकखण्डमा एक ग्राम लागुऔषध ब्राउन सुगरसहित एकजना नबालकलाई प्रहरीले पक्राउ गरेको गरेको छ । ती बालकको बयानका आधारमा थप तीनजना चारजना व्यक्ति पक्राउ गरिएको छ । तर, यो विषयलाई अनुसन्धान गरी थप १० जनाजति प्रकाउ पर्ने सम्भावना रहेकाले अभियुक्तहरूको नाम सार्वजानिक नगरिएको हो । प्रहरीले लागुऔषधसहित उनीहरूले बिक्री गरेर साथमा राखेको ५० हजार नगद पनि बरामत गरेको बताएको छ । पछिल्लो समयमा जहाँजबाटै यसरी लागु औषध आउने हो भने सुरक्षा निकायलाई पनि चुनौति थपिएको सरोकारवालाको गुनासो थपिएको छ ।
कहाँ चुक्यो प्रहरी ः
विमान स्थलमा उच्च स्तरीय सुरक्षा जाँच हुदा पनि प्रहरी कहाँ चुक्यो त भन्ने बिषयमा अहिले चौतर्फी चासो बढेको छ । अझै नेपालगंज बिमानस्थल पश्चिम नेपालको सवैभन्दा ठूलो ट्रान्जिष्ट स्थान हो । जुम्लाको प्रहरी भन्छ, पौष २ गते नेपालगंजमा करिब ४ बजे जुम्ला तारा एयरमा कार्यरत एक कर्मचारीले फोन गरेर अर्का एक नेपालगंजमा जहाजमै कार्यरत कर्मचारीलाई फोन गरेर मेरो सामान हाल्दिनुहोस भनेपछि नेपालगंजबाट कर्मचारीलेनै हालिएको भेटिएको छ । सो सामान प्रहरीको सेकुरिटी जाँच नगरेरै भित्र हालिएको भेटिएको प्रहरी नायव उपरीक्षक धामीले बताउनुभयो । तर सामान पठाउने र रिसिभ गर्ने दुईजनालाई पनि अर्कैले काम गडाएको कुरा पनि आएकाले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्