OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १७, २०७८जुम्ला
१५६० पटक

१७ असार २०७८, बिहीबार

जुम्लाको तिला गाउँपालिका २ का १८ वर्षीय दिपेश बोहोराले ५०० अमेरिकी डलर पाएका छन । सामाजिक सञ्जालमा फेसबुकमा विभिन्न कमजोरी औल्याइदिएवापत दिपेशले ५०० अमेरिकी डलर पाएका हुन । नेपाली रु.५८ हजार प्राप्त गरेका उनले कर कटौती गर्दा रु.५२ हजार १४२ खातामा आएको दिपेशले बताए ।
अझै एक हजार अमेरिकी डलर आउन बाँकी रहेको उनको भनाई छ । यो काममा लागेको दुई महिना भयो । उनले भने ,‘दुई महिना भित्रै फेसबुक अवार्ड पनि पाए । फेसबुकको कमजोरी पत्ता लगाउनेमा विश्वभर ९४औँ स्थानमा छु । उनले भने, ‘कर्णाली प्रदेशमा पहिलो ।’

फेसवुकमा दुई वटा गल्तीहरु पत्ता लगाएको उनी बताउँछन । बोहोरा हाल सिसिआर दिपेश सिसिआर कलेज काठमाण्डौँमा बायोलोजी साइन्स विषय लिएर अध्ययनरत छन । उनले जुम्ला चन्दननाथ नगरपालिका ४ भारतीवाडामा रहेको सेन्टपोल बोर्डिङ स्कुलबाट शैक्षिक यात्रा प्रारम्भ गरेका थिए ।

दिपेश कक्षा १ देखि ८ सम्म सँधै प्रथम स्थान हासिल गदैए आएका थिए । घरमा पहिलो सन्तानको रुपमा जन्मिएको छोराको तल्लो कक्षबाट नै अध्ययनमा गतिलो थियोे,बुवा शेरबहादुरले भने,‘एसईइमा ए प्लस ल्याई उतिर्ण भए । ’बुवा शेरबहादुर बोहोरा र आमा आमा गौरी बोहोराको कोखबाट उनले जन्म लिएका हुन ।

दिपेश जुम्ला सदरमुकाम खलंगामा आफ्नो काकी पवित्रा रोकायाको घरमा बस्दै आएका छन । छोरो सरकारी सेवामा लागोस भन्ने चाहना छ । शेरबहादुरले भने ,‘छोराको रुची छैन । नेट इन्टरनेटमै काम गर्न रुचाउँछ ।’ पछिल्लो समयमा छोरा दिपेशले गरेको कामप्रति परिवारमा खुशी छाएको उनका परिवारका सदस्यहरु बताउँछन ।

प्रतिकृया दिनुहोस्