OnlinePana

आज : २०८३ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आषाढ १४, २०७८सुर्खेत
९७८ पटक

१४ असार २०७८, सोमबार

मानो रोपेर मुरी उब्जाउने असार १५ अर्थात धान दिवसको अवसर कर्णालीमा सार्वजनिक विदा गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा भोली(मंगलवार) सार्वजनिक विदा दिईने भएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरूमा सार्वजनिक विदा दिइने निर्णय भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्का अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सार्वजनिक विदा दिइएको हो ।

प्रतिकृया दिनुहोस्