OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०७८काठमाडौं
५८० पटक

१२ असार २०७८, शनिबार

मे २०२०मा एक गोरा अमेरिकी प्रहरी अधिकारीले काला अमेरिकी जर्ज फ्लोयडलाई मिनियापोेलिसमा घाँटी थिचि मारेको अभियोगमा साढे बाइस वर्षको जेल सजाय भएको छ ।

प्रहरी अधिकारी डेरेक चउभिनको सजाय उनले पदको विश्वास र अख्तियारको दुरुपयोग गरेको र विशेषगरी फ्लोयड विरूद्ध प्रदर्शन गरेको क्रुरताका लागि पाएको न्यायाधीले जनाएका छन् । ४८ वर्षीय फ्लोयडको घाँटी घुँडाले थिचेपछि उनको ९ मिनेट भित्रै मृत्यु भएको थियो । उनको मृत्यु विरूद्ध विश्वभर नश्लवाद तथा प्रहरी कुरताका लागि प्रदर्शन भएको थियो ।

४५ वर्षीय चउभिनलाई सेकेन्ड डिग्री मृत्यु र अन्य अभियोग अन्तर्गत गत महिना दोषी पाइएको थियो । उनको पक्षमा बहस गर्दा वकिलले असल नियत राख्दा राख्दै गल्तीले मृत्यु भएको जिकिर लिएका थिए । उनका अतिरिक्त अन्य तीन अधिकारीलाई यो अभियोगमा छुट्टा छुट्ै सजाय भएको छ ।

फ्लोयडका परिवार र समर्थकहरूले सजायको स्वागत गरेका छन् । यो ऐतिहासिक सजायले फ्लोयडको परिवार र हाम्रो राष्ट्रलाई निकटता र जवाफदेहीता दिएर घाउ पुर्न एक कदम अगाडि बढाएको भनी वकिल बेन क्रम्पले ट्वीट गरेका छन् । फ्लोयडले एक पाकेट सिगरेट एक स्टोरबाट मे २०२०मा किन्यो ।पसलका सहयोगीलाई उनले दिएको नोट नकली भएको विश्वास गरी सिगरेट पाकेट फिर्ता गर्न भन्दा फ्लोयड नमानेपछि प्रहरी अधिकारलाई बोलायो ।

प्रहरी अधिकारीहरू आएपछि फ्लोयडलाई पार्क गरिएको कारबाट आउन भने र उनको हातमा हतकडी लगाए । यसमा फ्लोयड आफूलाई बचाउन गर्न खोज्दा कराएको आवाज आयो । उनलाई नियन्त्रणमा लिन खोज्दा चउभिनले आफ्नो घुँडाले उनको घाँटी थिचे । घाँटी थिचेको ९ मिनेट भित्रै उनको मृत्यु भएको थियो । यो घटनाको भिडियो अहिले १८ वर्ष उमेर पुगेकी डारनेला फ्राजेरले बनाएकी थिइन् ।

उनको काकाको छोरा फ्लोयडलाई प्रहरीले यसरी मारेको भिडियो सार्वजनिक भएपछि विश्वभर प्रदर्शन भएको थियो । भिडियोले उनलाई अमेरिकाको सर्वाधिक सम्मानित पुलित्सर पत्रकारिता पुरस्कारबाट सम्मान दिलायो भने प्रहरी अधिकारी चउभिनलाई जेलमा पु¥यायो ।

प्रतिकृया दिनुहोस्