OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १०, २०७८सुर्खेत
७९५ पटक

 १० असार २०७८, बिहीबार

कर्णाली प्रदेशकै सम्पन्न मानिने सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आव.२०७८÷०७९ का लागि रु.एक अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको छ । नगरसभामा आज बसेको बैठकमा उपप्रमुख मोहनमाया ढकालले आगामी आव.को प्रस्तावित अनुमानित सार्वजनिक गर्नुभएको हो ।

प्रस्तावित बजेटमा पूजीँगततर्फ रु.४३ करोड ३१ लाख ३६ हजार र चालुतर्फ रु.एक अर्ब १३ करोड १९ लाख २६ हजार को विनियोजन गरिएको हो । जसमा सशर्ततर्फ रु.चार करोड ८९ लाख ६३ हजार, सामाजिक विकासतर्फ रु.१३ करोड २४ लाख ७२ हजार र पूर्वाधारतर्फ रु.१८ करोड २२ लाख ७२ हजार बजेट विनियोजन गरिएको बजेट वक्तव्यमार्फत उपप्रमुख ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि, पूर्वाधार विकास र पर्यटन क्षेत्रको विकासमा जोड दिएको छ । नगरपालिकाले वातावरण तथा विपद व्यवस्थापनतर्फ रु.दुई करोड पाँच लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु.छ करोड आठ लाख १६ हजार बजेट विनियोजन गरेको हो ।

प्रतिकृया दिनुहोस्