OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ६, २०७८सुर्खेत
४३५ पटक

 ६ असार २०७८, आईतबार

नेपाली काँग्रेस सुर्खेतका नेता एवं पूर्व संविधानसभा सदस्य तप्तबहादुर विष्टको असामयिक निधन भएको छ । नेता विष्टको उपचारको क्रममा आज काठमाडौंमा निधन भएको हो ।

कोरोना संक्रमण भएसँगै उहाँलाई उपचारका लागि काठमाडौंको मेडीसिटी अस्पतालमा लिईएको थियो । उहाँको उपचारको क्रममा आज बिहान निधन भएको विष्टका भाई बल विष्टले जानकारी दिनुभयो । कोरोना संक्रमण भएर सुर्खेत उपचार हुन नसकी काठमाडौंमा लगिएका नेता विष्टको स्वास्थ्य अवस्था झन जटिल भएको र जति गर्दा बचाउन नसकिएको उहाँले बताउनुभयो ।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट विसं.२०३६ सालदेखि विद्यार्थी जीवनदेखि राजनीति शुरु गरेका गर्नुभएको थियो । नेपाली काँग्रेस सुर्खेतका पूर्व जिल्ला विकास समितिका उपसभापति, काँग्रेस सुर्खेतका पूर्व सभापति, संविधानसभा सदस्यसहित उहाँले सञ्चार राज्यमन्त्रीको भूमिका पुरा सम्हालिनु सक्नुभएको बताईएको छ ।

निर्वाधरुपमा जनताको पक्षमा आवाज बुलन्द गर्ने नेता विष्टको निधनले नेपाली काँग्रेस सुर्खेत र सिंगो पार्टीलाई अपुरणीय क्षति पुगेको सुर्खेत काँग्रेसका पार्टी सभापति कमलराज रेग्मीले बताउनुभयो । सुर्खेती राजनीतिमा नेपाली कांग्रेसले एक कुशल नेतृत्व गुमाएको प्रतिक्रिया दिनुभएका सभापति रेग्मीले मृत आत्माको चीरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्