OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर ६, २०७६जुम्ला,
६४२ पटक

खलङ्गा मङशिर ६ गते । सरर…मोटरसाईकल, मोटरसाईल चढेर अधवैसे मानिस जुम्ला खलङ्गा बजारको भारतीबाडाको सडकमा रोकिन्छन् । विहान झिसमिसेमा पानी र हिलोमा लगाउने प्लाष्टिकको जुत्ता, सेतो ट्याक्सुट र कालो बाक्लो ज्याकेट, पिठ्यूमा ठूलै झोला, झोला भित्र भरिएका दुधको गेलान तथा बोत्तलहरु छन् । ति व्यक्तिको मोटरसाईकलको वरिपरि पनि दुधले भरिभराउ वोतलहरु हुन्छन् । एकै छिनमा मोटरसाईकलबाट उनि झर्छन र झोलाबाट दुध निकाल्छन् ।
एका विहानै जुम्ला गुठीचौर गाउँपालिका ५ धिता गाउँ निवासी बिष्णु धिताल ३० देखी ४० लिटर दुध वोकेर जुम्ला सदरमुकाम हानिन्छन् । विहान ५ बजे मोटरसाईकलमा दुध बोकेर गाउँबाट जुम्ला बजारमा बेच्न निस्कने उहाँको दैनिकी हो ।
सदरमुकामबाट हिडेर दुई घण्टाको बाटोमा गुठीचौर गाउँपालिका ५ धिता उहाँको गाउँ हो । त्यहाँ किसान धितालले जिल्लाकै नमूना ‘अब्बल भैसीपालन’ व्यवसाय सञ्चालन गरिरहनुभएको छ । एक दशक देखी संचालन गरेको उहाँको भैसी पालन पेशा फष्टाउदै गएर उहाँ अहिले लखपति बन्ने अवसर भएको छ ।
बि.स २०६२ सालमा गरिवि निवारण कार्यक्रमबाट रु १६ हजार ऋण लिएर भैसी पालन शुरु गर्नुभएको धितालसँग अहिले करिब १२ लाख बढिका भैसी छन् । अहिले उहाँसँग ११ वटा भैसी दुहुना (दुतदिने) छन् । ११ वटा भैसीबाट दैनिक ३० देखी ५० लिटर दुध दिने गरेको धितालले जानकारी गर्नुभयो ।
रु १० लाख बार्षिक आम्दानी ः
दुधबाटै अहिले राम्रो आम्दानी गर्दै आएपछि बजारमा अहिले दैनिक ४० लिटर दुध विक्री हुने गरेको उहाँको भनाईछ । प्रति लिटरको रु एक सयका दरले डेरीमा बिक्री भईरहेको बताउनुभयो । बजार मुल्य भने डेरीको रु १२० रुपैया जुम्ला बजारमा रहेको छ । यसरी दुध बेचेरै दैनिक ५ हजार उनको आम्दानी हुन्छ तर खर्च छुट्याएर मासिक रु ८० हजार देखी रु एक लाख फाईदा हुने गरेको धितालले जानकारी दिनुभयो । मासिक ८० हजारकै दरले पनि बार्षिक ९ लाख ६० हजार रुपैया आम्दानी हुने गर्दछ । उहाँले गत बर्ष १४ वटा भैसी दुहुना भएको बताउनुभयो ।

रु ३४ लाखको घर निर्माण

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकार भेटेनरी अस्पताल तथा पशुसेवा कार्यालयको ५० प्रतिशत सहयोगमा उहाँले भैसी पालन व्यवसायका लागि घर सहितको पूर्वाधारको तयार समेत गर्नुभएको छ । रु ३४ लाख ८ हजार दुईसय छब्बिस रुपैयाको लगानी मध्य रु १७ लाख ५५ हजार ३३ रुपैया भेटनरी तथा पशुसेवा कार्यालयले सहयोग तथा आधा आफ्नो लगानीमा धितालको भैसी बस्ने आधुनिक गोठ, घाँस राख्ने छत, पिसाव संकलन ट्यांकी, पानी ट्यांकी, दुध राज्ने डिफ्रिज, दाना खुवाउने डेक्ची, घासँ काट्ने मेशिन सहित पूर्वाधार आफ्नै घरमा बनाएपछि अहिले व्यवसाय गर्न सजिलो भएको छ । यसैगरी सोही कार्यक्रममा रु एक लाख १० हजारको उन्नत जानतको राँगो समेत खरिद गरिएको उहाँले बताउनुभयो ।
व्यवसाय राम्रो गर्न भने उहाँलाई निकै चुनौति समेत भएको थियो । व्यवसायको शुरुवातमा ५ वटा भैसी मरेपछि ऋणले डुवेका धितालले फेरी खेत वेचेर व्यवसाय जिवित गरेको स्मरण गर्नुभयो । व्यवसाय गर्ने कि नगर्ने भन्ने बिषयमा अन्यौाल भएको बिषयमा गाउँका केही अभिावकहरुले हौसल्ला दिएका थिए । स्थानीय हरिनन्द धिताल, नवानन्द धिताल र राम प्रसाद न्यौपानेको सहयोगमा फेरी व्यवसाय शुरु गरेको उहाँले बताउनुभयो । स्थानीय अगुवा रामप्रसाद न्यौपानले ऋणमा डुवेको वेला खेत बचेर भएपनि पुन व्यवसाय गर्नुपर्छ भनेको सूझाव अहिले सफल भएको बताउनुभयो ।
अब्बल व्यापारी धितालको व्यवसायको बिषयमा भने रिपोटिङ्गको लागि त्यहाँ पुग्दा फ्रिजमा दुध संकलनका साथै दुध धोईरहनुभएको थियो ।
२१ बर्षको उमेरमा वनस्पति कार्यालयमा जागिर थियो तर जागिर छोडेर मनग्य आम्दानी गर्दा नोकरी भन्दा व्यवसायनै राम्रो भएको उहाँले बताउनु भयो ।
घर परिवारमा संचालन गर्न सजिलो ः
भैसी पालन व्यवसायबाट घर परिवार संचालनमा समेत सजिलो भएको छ । व्यवसायमा भने बिष्णु धितालकी श्रीमति जानकी धितलालले ठूलो साथ दिनुभएको छ । भैसी पालनको पुरै समय श्रीमति जानकीले सहयोग गरिरहनुभएको छ । सोही आम्दानीबाट अहिले जेठी छोरी मायादेवी धिताल अमिन अध्ययन गरेकी छन् । माईली छोरी सनिता ओभर सियर अध्ययन गरिरहेकी छन भने कान्छी छोरी भावना कक्षा १० मा अध्ययन गरिरहनु भएको छ । उहाँले सोही व्यवसायबाटै सुर्खेतमा यो बर्ष रु २८ लाखको घडेरी समेत गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्