OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३१, २०७८काठमाडौं
१०२४ पटक

३१ जेठ २०७८, सोमबार

सन् २००९ देखि लगातार वर्ष १२देखि इजरालका प्रधानमन्त्री रही आएका बेन्जामिन नेतान्याहुले पद त्याग गर्न परेको हो ।

नयाँ गठबन्धनका दक्षिणपन्थी राष्ट्रवादी पार्टीका नेता नफ्ताली बेनेटले संसदमा बहुमत सिद्ध गरेपछि प्रधानमन्त्री पदको शपथ खाएका छन्  अभूतपूर्व गठबन्धनको अगुवाइ गरी प्रधानमन्त्रीको शपथ लिएका बेनेटसँग जुनसुकै बेला सरकार ढल्न सक्ने बहुमत मात्र रहेको छ ।

यो गठबन्धनको निर्णय अनुसार बेनेट सेप्टेम्बर २०२३सम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि उनले मध्यमार्गी पार्टीका नेता येर ल्यापिडलाई सरकार हस्तान्तरण गर्नुपर्ने सहमति भएको छ । सदनमा सबै भन्दा ठूलो दल दक्षिणपन्थी लिकुड पार्टीका नेताको रूपमा नेतान्याहु सदनमा प्रतिपक्षी दलका नेता रहने भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई सन्देश पठाइसकेका छन् । बाइडनले आफू बेनेटसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । दुई वर्ष यता चौथो पटक भएको चुनावमा पनि कुनै पनि दलले स्पस्ट बहुमत प्राप्त गर्न नसकेपछि यो नेतान्याहुलाई सरकारको नेतृत्वबाट हटाउन यो दुर्लभ गठबन्धन बनेको हो ।

यो गठबन्धनसँग एक जना सदस्यको बहुमत मात्र रहेकोले यो सरकार ब्लेडको धारमा अडेको देखिएको छ । नेतान्याहुले नयाँ गठबन्धन बनाउन नसकेकाले यो नयाँ गठबन्धनले सरकार बनाउन सकेको हो । यो गठन्धन बनाउन नसकेको भए त्यहाँ पाँचैं पटक चुनाव हुने सम्भावनालाई यो सरकारले टारेको छ। नेतान्याहु १९९६मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

प्रतिकृया दिनुहोस्