OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २८, २०७८सुर्खेत
९३८ पटक

२८ जेठ २०७८, शुक्रबार

कर्णाली प्रदेशसभाको आठौ अधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको छलफलका लागि विनियोजन विधेयक सभामा पेश गर्नुभएको थियो ।

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले नीति, कार्यक्रम तथा बजेटमा विभिन्न योजना आउने तर व्यवहारमा लागु नहुने तर्क गर्नुभयो । सरकारले बजेट आउनुपूर्व १५ दिन अगावै यसका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरुका विषयमा छलफल गर्न नसकेको र आफूलाई पनि जानकारी नदिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य एवं निवर्तमान मन्त्रीद्वय दल रावल र बिमला केसीले पनि छलफलमा भाग लिनुभएको थियो । निवर्तमान मन्त्री रावलले कर्णालीको मौलिकता सुहाउँदो, भूगोल र क्षेत्रीय सन्तुलन कायम राख्ने बजेट ल्याउन सुझाउनुभयो । अर्का निवर्तमान मन्त्री केसीले कर्णालीमा सहयोगापेक्षीमा सडक मानवमुक्त प्रदेश घोषणा गरिसकिएकोले यसको व्यवस्थापन गर्ने कार्यक्रमलाई समेट्न सुझाव दिनुभयो ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले सल्यान र सुर्खेतको सहारेमा भारत आउँदैछ । सबै केन्द्र सरकारले यहाँका खनिज, खानी, ढुंगा, गिटी, बालुवा उत्खनन् गर्दा प्रदेश सरकारले त्यसमा आफ्नो पहल बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसको साथै उहाँले कर्णालीको जडिबुटी, अपर कर्णालीलाई यार्साको हब बनाएर रोयल्टी लिएर यहाँको अर्थतन्त्रमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

मुख्यमन्त्री रोजागारलाई मुख्यमन्त्री जनता रोजगार कार्यक्रमका रुपमा अगाडि बढाउन सुझाउनुभएका प्रमुख सचेतक विष्टले राजी, राउटे, बोटे कुसुण्डालाई संरक्षण हुनेगरी कार्यक्रम ल्याउनुपर्ने र आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा भन्दा पनि कार्यान्वयनमा जोड दिने गरी बजेट ल्याउन आग्रह गर्नुभयो ।

छलफलमा भाग लिनुभएका सामाजिक विकास समितिका अध्यक्ष देवी ओली, प्रदेशसभा सदस्यहरु कौशिलावती खत्री, सोशिला शाही, खड्कबहादुर खत्री, पदमबहादुर रोकाय, दानसिंह परियारलगायतले मानव सुचांकमा पछि परेको कर्णालीको विकास र समृद्धिमा सहयोग पुग्ने तथा जनतालाई अनुभूति हुने गरी उद्देश्य अनुरुप बजेट ल्याउन सझाउनुभयो ।

बैठकमा सभामुख राजबहादुर शाहीले विनियोजन विधेयक, २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिमाथिको छलफल सकिएको बताउँदै त्यसमा समावेश भएका विषयहरु अवगत गराउनुभएको थियो । उहाँले सुझाव र मार्गदर्शनलाई आगामी बजेटमा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण गर्दै अर्को बैठक जेठ २९ गते दिउँसो २ः०० बजे बस्ने जानकारी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्