OnlinePana

आज : २०८२ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २७, २०७८
९२७ पटक

२७ जेठ २०७८, बिहीबार

अमेरिकाले चीनलाई प्रमुख खतरा मान्दै अमेरिकी सिनेटले पारित गरेको विधेयकको चीनले कडारूपमा विरोध गरिरहेका बेला अमेरिकी उपरक्षामन्त्रीले चीनलाई रोक्न ७ खर्ब १५ अर्ब बराबरको बजेट भएको जनाएकी छिन् ।

अमेरिकी सेनाले चीनलाई पहिलो चुनौतीको रूपमा व्याख्या गरेर भविष्यमा हुने भिडन्तको तयारी गरिरहेको छ ।

रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी सेनाको निर्देशिका बुधबार जारी गरेका थिए ।

रक्षामन्त्रालय पेन्टागनको एक छुट्टै विज्ञप्तिमा चीनलाई एक नम्बरको चुनौतीको रूपमा आएको उल्लेख गरिएको छ ।

निर्देशिकामा अमेरिकाका सहयोगी र साझेदारहरूलाई अमेरिकामा लगानी गर्न आह्वान गरिएको छ ।

बुधबार रक्षामन्त्रीले निर्देशिका जारी गर्न अघि राष्ट्रपति जो बाइडनले चीनलाई प्रमुख चिन्ताको कारण भनेका थिए । बाइडनले ट्रम्पकै जस्तै बोलेका थिए । मार्चमा बाइडनले क्वाडको पहिलो बैठकमा सहभागी भएका थिए । अमेरिका, अस्ट्रेलिया, जापान र भारत रहेको क्वाडलाई एसियन नेटो भनी प्रचारमा ल्याइयो । यो क्वाडलाई इन्डो प्यासिफिक क्षेत्रमा चीनलाई टक्कर दिने गरी अगाडि बढाइएको छ ।

अमेरिकाका उप रक्षामन्त्री क्याथलिन हिक्सले सन् २०२२का लागि चीनसँग भिडन्त गर्न ७ खर्ब १५ अर्ब बजेटको माग गरिएको बताएकी छिन् ।

उनको यो टिप्पणी अमेरिकाको इन्डो प्यासिफिक कमान्डले आगामी पाँच वर्षका लागि २७ अर्ब अमेरिकी डलर बराबरको बजेट आग्रह गरेका बेला सार्वजनिक भएको छ । चीनको पूवी सामुद्रिक किनारामा क्षेप्यास्त्रको लाम तयार पार्न रक्षा बजेट माग गरिएको हो ।

बाइडनले ट्रम्पको नीति परित्याग गरिरहेको भनिरहेका बेला उपरक्षामन्त्री हिक्सले सन् २०१८मा ट्रम्पको राष्ट्रिय रक्षा रणनीतिको धागोलाई निरन्तरता दिने बताएकी छिन् । ट्रम्पको यो नीतिमा जोड दिनुको कारण चीन र रुससँगको ठूलो शक्ति प्रतिस्पर्धा गर्न खोजिनु भएको उनको भनाइ छ । झिल्को डटकम

प्रतिकृया दिनुहोस्