OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १६, २०७८सुर्खेत
७६० पटक

१६ जेठ २०७८, आईतबार

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा(अनल) ले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट गरिबी अन्त्य र रोजगारी सृजना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ ।

पहिलो कोरोना महामारीबाट यहाँका जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कुनैपनि कसर बाँकी नराख्ने जनाउँदै योजनामन्त्री शर्माले पूर्वाधार विकास र शिक्षालाई सँगसँगै लैजाने बताउनुभयो । “कर्णालीका नागरिकहरुको बेरोजगारी समस्यालाई हल गर्न रोजगारी सृजना गर्ने योजना निर्माण गर्न लागि परेका छौं,” उहाँले भन्नुभयो, “यस प्रदेशका प्रत्येक घरपरिवारलाई रोजगार गर्न सक्यौं भनेमात्र गरिबी निवारण भएर आत्मनिर्भरता बढ्न सक्छ ।”

आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कर्णाली प्रदेश सरकारले करिब रु.३३ अर्ब बराबरको बजेट ल्याउने तयारीमा रहेको मन्त्री शर्माले बताउनुभयो । बजेट केही घटेर आउने भएपनि गत आर्थिक वर्ष भन्दा कम नहुने उहाँको भनाई थियो । यता प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले कोभिड महामारीको विषम् परिस्थितका कारण सरकारलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न पनि समस्या भएको बताउनुभयो ।

यता एमाले कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले सरकारले असार १ गते बजेट ल्याउनु १५ दिन अघि नै विधेयक, सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति प्रदेशसभामा प्रस्ताव गर्नुपर्ने प्रदेशसभा नियमावली र संविधानले व्यवस्था गरेको भएपनि कर्णाली प्रदेश सरकारले सो अभ्यास अवलम्बन नभएको टिप्पणी गरेको छ । त्यसका लागि प्रदेश सरकारले आगामी आव.का लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न तत्काल अधिवेशन बोलाउन मागसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्