OnlinePana

आज : २०८० मंसिर २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०७८काठमाडौं
३३३ पटक

१५ जेठ २०७८, शनिबार

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८०७९ का लागि रु.१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले गरेको बजेट भाषण अनुसार कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालुतर्फ रु.छ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ रु.तीन खर्ब ४७ अर्ब २६ करोड रहेको छ।

यस्तै वित्तीय व्यवस्थातर्फ रु.दुई खर्ब सात अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु.तीन खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि राजश्वतर्फ रु.१० खर्ब २४ अर्ब ९० करोड र रु.६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग रु.पाँच खर्ब ५९ अर्ब ३० करोड न्यून हुने देखिने र त्यसमा थप रु.तीन खर्ब ९ अर्ब २९ करोड ऋण लिने योजना बनाएको छ ।

अर्थमन्त्री पौडेलेले राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि अपुग हुने रु.दुई खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने बजेट भाषणका क्रममा जानकारी दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्