OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ १३, २०७८जुम्ला,
१३९८ पटक

खलंगा जेठ १३ गते । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापना हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले विज्ञान प्रविधि तथा पर्वतीय विश्व विद्यालय अगाडि बढाउने भएको हो । जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय हुनेगरी विद्ययक दर्ता गरि संसदमा टेवुल भएको पूर्व मन्त्री नरेश भण्डारीले सार्वजनिक गर्नुभएको छ ।

जुम्ला आउनु भएका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री नरेश मन्त्री भण्डारीले जुम्लामा पर्वतीय विश्व विद्यालय पनि स्थापना हुने जानकारी गर्नुभएको छ । मन्त्री भण्डारीले जसरी स्वास्थ्य संकटमा कर्णाली प्रतिष्ठानले राज्यलाई ठूलो सहयोग गरिरहेको छ । त्यसैगरी पर्वतीय विश्व विद्यालय शैक्षिक हव हुनका लागि स्थापना विश्वविद्यालय स्थापना गरिने बताउनुभयो । उहाँले विश्वविद्यालयको सैंद्धान्तिक छलफलका लागि प्रदेशसभामा अगाडि बढेको हुदा पारित हुनेमा जोड दिनुभयो । उहाँले माननीयहरुले आवश्यक संशोधन तथा सूझाव दिनुहुने जानकारी दिनुभयो ।

प्रदेश सांसद पदम रोकायाले प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको र अझ कसरी जाने भन्ने बिषयमा आफुहरु छलफल गर्नेमा जोड दिनुभयो । पूर्व मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले जुम्लाको चन्दननाथ नगरपालिका केन्द्र हुने गरि पर्वतीय विज्ञान विश्वविद्यालय अगाडि बढाएको हुदा यो कर्णाली प्रदेशका लागि सुखद भएको बताउनुभयो । उहाँले अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल अस्पतालले जसरी स्वास्थ्यमा क्रान्ति ल्याएको छ त्यसैगरी पर्वतीय विश्व विद्यालय स्थापना पछि कर्णालीको उच्च स्तरको शैक्षिक क्रान्ति अगाडि बढ्ने भएको उहाँले दावी गर्नुभयो ।

विश्वविद्यालय एकिकृत अध्ययन, अध्यापन र अनुसन्धान केन्द्र : 
पर्वतीय विश्व विद्यालयको कर्णाली प्रदेश लगायत हिमाली क्षेत्रका कृषि वन, जडिवुटि, उर्जा, पर्यटन र जैविक विविधता लगायत अन्य प्राकृतिक स्रोत साधन सँग सम्वन्धीत क्षेत्रको एकिकृत रुपमा अध्ययन अध्यापन र अनुसन्धान गर्नका लागि स्थापना गरिने संसदमा दर्ता भईको विद्ययकमा उल्लेख छ । यसैगरी विद्ययकमा विश्व विद्यालयको केन्द्रीय कार्यालय जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा हुने उल्लेख छ ।

विश्व विद्यालयको काम चाडै अगाडै बढ्ने कुरामा हामी लागि परेको पूर्व मन्त्री विमला केसीले जानकारी दिनुभयो । मन्त्री केसीले २०७८ वैशाख १३ गते सोमबार सामाजिक विकास मन्त्रालय जिम्मा लिदा संसदमा संद्धान्तिक छलफलका लागि टेवुल गर्नुभएको थियो । पारित भएपछि यो कर्णालीको ठूलो नमूना काम हुने भएको उहाँले जानकारी गर्नुभएको छ । उहाँले अव संसद खुलेपछि यो काम अगाडि बढ्ने जानकारी दिनुभयो ।

पर्वतीय विश्व विद्यालय स्थापना भएपछि ठूलो शैक्षिक परिवर्तननै हुने बिषयमा अहिले कर्णालीमा वहश चलिरहेको छ । यस अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल वि.सं २०६८ सालमा संसदमा विद्ययकको रुपमा दर्ता भई कर्णाली प्रतिष्ठान ऐन निर्माण भई स्थापना भएपछि अहिले पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको हवको रुपमा स्थापित भएको छ । सो समयमा प्रतिष्ठानको विद्ययक तत्कालिन सांसद तथा हाल कर्णालीका पूर्व प्रदेश गृहमन्त्री नरेश भण्डारीले संसदमा टेवुल गर्नुभएको थियो ।

यस अघि प्रदेश सरकारले जुम्लालाई ठूलो उपहार दिने भन्दै सार्वजनिक कार्यक्रममा उहाँले भने पनि त्यो के हो जनतामा कौतुहलता छाएको थियो । आखिर विश्वविद्यालय भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठक, कर्णाली प्रतिष्ठानले गरेको कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धीको अन्तरक्रियामा पर्वतीय विश्वविद्यालय अगाडि बढेको खुलासा गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्