OnlinePana

आज : २०८२ भाद्र ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ११, २०७८
१०३९ पटक

 

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक कोभिड–१९ कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ कालिकोट तिलागुफा नगरपालिका – ११ का ८० वर्षीय एक बृद्धको मुत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्त रमेश भट्टराईका अनुसार अस्पतालमा उपचारतार्थ बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो । डाक्टर भट्टराईका अनुसार उहाँलाई भेण्टिलेटरमा राखिएको थियो । धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।

यसअघि सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय एक बृद्धको पनि कोभिड–१९ बाट मुत्यु भएको थियो ।

कर्णाली प्रतिष्ठानमा दुई जना कालिकोटका र एक जना सुर्खेतका गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्