OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई जेठ ९, २०७८ जुम्ला,
१२१० पटक

९ जेठ २०७८, आईतबार

कर्णालीका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान राज्यको स्वर्णिम उपहार र नेपालकै आशाको केन्द्र भएको र यसलाई थप अब्बल बनाउन सवै जुट्नुपर्ने बताउनु भएको छ ।

प्रतिष्ठानले हाल गरिरहेको काम र कोरोना विरुद्ध भावी गर्नुपर्ने कामका बिषयमा गरिएको अन्तरक्रियामा पूर्वमन्त्री भण्डारीले अहिले प्रतिष्ठान आशाको केन्द्र भएकाले अझै थप अब्बल बनाउन लागि पर्न अवको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले प्रतिष्ठान नेपालकै मात्र नभई विश्वको पृथक विश्वविद्यालयको रुपमा वनाउन हाल खटिए झै प्रतिष्ठानका पदाधिकारी, स्वास्थ्यकर्मी र कर्मचारी र सरोकारवाला निकायहरु एक जुट भएर अगाडि बढ्न अझै प्रण गर्नुपर्नेमा थप्नुभयो ।

उहाँले आज वाहिरको विरामी प्रतिष्ठानमा आउने र सुुगमलाई डाक्टर उपचारका लागि जुम्लाले पठाउनु ठूलो काम र मानवीयता सँग जोडिएको उल्लेख्य काम भएको भन्दै प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यहाँको जनशक्तिले अझै अनुसन्धान गरेर फरक स्वास्थ्य क्षेत्रमा संसारलाई मोडेल दिन सक्नुपर्नेमा आशा जोगिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य पदम रोकायाले कर्णाली प्रदेशले प्रतिष्ठानका लागि गर्नुपर्ने सहयोगका आफ्नो थप प्रतिवद्धता जनाउनुभयो । उहाँले संकटमा प्रतिष्ठानले ठूलो काम गरिरहेको भन्दै प्रदेशमा रहेका हामी प्रतिनिधीले जोड दिने बताउनुभयो ।

पूर्वराज्यमन्त्री वलबहादुर महतले स्थानीय तहको समन्वय सहकार्यमा कोरोना रोकथाममा सवै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनचेतना बढाउनुपर्ने भन्दै निषेधाज्ञामा केही विकृति समेत भएकाले नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा प्रतिष्ठानले कोरोना भाईरस नियन्त्रणका लागि गरिएका कामहरुको बिषयमा जानकारी गराएको थियो । निमित्त निर्देशक डाक्टर राजिव शाहले हाल कोरोना संक्रमित विरामीका लागि १२० वेड तयार गरिएको जानकारी दिनुभयो । उहाँले हाल सम्म अस्पतालमा अहिले सम्म ७८ जना कोरोना संक्रमित विरामी भर्ना भएका मध्य ५८ जना डिस्चार्ज भएका जानकारी दिनुभयो । उहाँले २ जनाको निधन भएको जानकारी दिनुभयो ।

निर्देशक शाहले अहिले हामीलाई अक्सिजन व्याकप महत्वपूर्ण भएको भन्दै पुरानो अक्सिजन प्लान्टबाट सिधै पाईप मार्फत ३५ बढि वेडमा आपुर्ति भएको र अन्य सिलिण्डर मार्फत काम गर्दै आईरहेको जानकारी दिनुभयो ।

अन्तरक्रियामा प्रतिष्ठानमा उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानलाई नेपालकै नमूना बनाउने हिसावले टिम लागिरहेको र विकेन्द्रीत मोडलमा काम भईरहेको बताउनुभयो । उहाँले कर्णाली प्रतिष्ठानले जिल्ला जिल्लामा गएर दिईरहेको सेवा नमूना भएको दावी गर्दै संघीय सरकारले ५ करोड १२ लाख रुपैया कोभिड नियन्त्रणका लागि सहयोग गरेको समेतमा जोड दिनुभयो ।

। प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले कोरोना महामारीमा कमाण्ड एण्ड कल्ट्रोल थप व्यवस्थापन गरिनुपर्ने भन्दै रोकथामममा खोपलाई पनि प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

२४ नम्बर वाहिनीपति यमबहादुर सापकोटाले सवै स्थानीय तहमा हेलिपेट बनाउन आवश्यक रहेको जानकारी दिनुभयो । यद्यपी मानिसको मृत्यू भईहालेमा त्यसको पूर्व तयारी सामग्रीहरुका बिषयमा समेत जोड दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासहित सुरक्षा निकाय प्रमुखहरुले अनुभव र भावी गरिनुपर्ने बिषयमा सुझाव दिएका थिए । यसै गरी प्रतिष्ठानको अक्सिजन प्लान्टको अनुगमन समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्