OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २८, २०७८जुम्ला
१२०७ पटक

२८ बैशाख २०७८, मंगलबार

विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणविरुद्ध डोल्पामा कार्यरत कर्मचारी जुटेका छन् ।

जुम्ला घर भई डोल्पा जिल्लाका विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा व्यापार व्यवसायीहरुले पछिल्लो समयमा भयावह बन्दै गएको कोरोना संक्रमणसँग जुध्न आज विपद् व्यवस्थापन समिति गठन गरेका छन् । जुम्ला निवासी कृषि विकास बैंक डोल्पाका शाखा प्रबन्धक गोर्खबहादुर बुढ्थापाको संयोजकत्वमा ११ सदस्य विपद् समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा विष्णुभक्त चौलागाई, केशवराज जैसी, हस्तबहादुर बुढा, मुनप्रसाद जैसी, जनकबहादुर अधिकारी, विर्षबहादुर भण्डारी, अमरसिंह रावत, जयशंकर धिताल, विष्णुबहादुर शाही र कमल बोहोरा रहेका छन् । गठित समितिले कर्मचारी तथा व्यवसायीबाट प्रति व्यक्ति रु.पाँच हजार संकलन गर्ने र कोभिडको संभावित विपद् व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको संयोजक बुढ्थापाले जानकारी दिनुभयो ।

डोल्पामा कार्यरत जुम्लाका कर्मचारी तथा व्यवसायी गरेर हाल करिब ८० जनाउँदै संयोजक बुढ्थापाले भन्नुभयो, “कोभिड संक्रमित भईहाले बिरामीलाई तल लैजान डोल्पामा हेलिकोप्टरको विकल्प छैन । त्यसैले रु.दुई÷तीन लाख जम्मा हुने गरी कोष खडा गरेका छौं । यो महामारीमा पूर्वतयारी नगरे जो कोही ज्यान जान सक्छ ।”

संकलित कोषलाई सञ्चालन तथा व्यवस्थापन गर्न विष्णुभक्त चौलागाई, जनकबहादुर अधिकारी र विर्खबहादुर भण्डारीको नाममा कृषि विकास कार्यालय डोल्पामा खाता सञ्चालन गर्ने निर्णय भएको सदस्य कमल बोहोराले बताउनुभयो । सदस्य बोहोरका अनुसार जुम्ला स्थायी घर भई डोल्पामा कार्यरत कर्मचारी र व्यवसायीहरुलाई समितिमा आवद्ध हुन अनिवार्य रु.पाँच हजारदेखि माथि जम्मा गर्नुपर्ने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्