OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २७, २०७८काठमाडौं
२९५ पटक

२७ बैशाख २०७८, सोमबार

संसदमा अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

आज प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिननसके पछि उहाँ पदमुक्त भएको हो । विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि बहुमत सरकार गठनको आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था संविधानको धारा ७६ (२) मा उल्लेख गरिएको छ ।

आजको ससंदमा प्रधानमन्त्री ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि तपसिल बमोजिम अह्वान गरेका थिए ।

 

आजको मतदानमा जम्मा २३२ जना सांसद सहभागी थिए । उनले विश्वास प्राप्त गर्नका लागि १३६ मत पाउनु आवश्यक हुन्थ्यो । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ मत दिएका छन् । १५ तटस्थ र एमालेका २८ सांसद अनुपस्थित थिए । जनता समाजवादी पाटीृध महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरुले भने पक्ष विपक्षमा मतदान नगरेर तटस्थ बसेका थिए ।

प्रतिकृया दिनुहोस्