OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०७८काठमाडौं
९३१ पटक

२४ बैशाख २०७८, शुक्रबार

भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् ।

नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ । यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर उनी ‘रअ’ का व्यक्ति हुन् कि होइनन् भन्ने थाहा नभएको तर भीआइपी सुविधा दिइएको स्रोतले बताएको छ ।

दूतावासले ती भीआइपीहरु को–को हुन् थाहा नभएको बताएपनि दूतावासकै गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए । अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिइसकेको छ । नेपालमा राजनीति उथलपुथल भइरहेका कारण उनी दुई महिना बढी यहाँ बसे । अब नेपालको स्टेशन भटनागरले सम्हाल्ने छन् । उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राघव यसअघि भुटानमा थिए ।

बढ्यो चलखेल

नेपालको राजनीतिक अवस्था तरल बन्दै गइरहेका बेला विदेशी चलखेल एकाएक बढेको छ । उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार दिल्लीमा रहेर नेपाल र भुटान हेर्ने रअका सेकेन्ड म्यान धीरज मुखिया पनि केही दिनदेखि काठमाडौंमा छन् । उनका साथमा टोमर नामका अर्का अधिकारी पनि काठमाडौं आएको बुझिएको छ । मुखिया सिक्किम–दार्जीलिङतिरका भएकाले नेपाली भाषामा सहजै कुरा गर्न सक्छन् ।

यसैबीच, गौशालामा रहेको एक धर्मशालामा भारतीयहरुको बाक्लो उठबस रहेको र त्यहीँबाट विभिन्न राजनीतिक नेतालाई भेटघाट गर्ने गरिएको उच्च सुरक्षास्रोतले जानकारी दियो । सरकारले अन्य देशको हवाई उडान बन्द गरे पनि भारतबाट हुने उडान बन्द नगरेका कारण भारतीय गुप्तचरका अधिकारीहरुलाई काठमाडौं आउन सहज भएको छ ।

नेपालमा केही वर्षयता भारतीय गुप्तचर ‘रअ’ को चलखेल रोकिएको थियो । तर, ०७७ सालको कात्तिकमा ‘रअ’ का प्रमुख सामन्त गोयलले विशेष विमानबाट काठमाडौं आएर बालुवाटारमा केपी ओलीसँग भेट गरेपछि रअको चलखेल पुनः सुरु भएको हो । उच्च स्रोतका अनुसार भारतको गुप्तचर संस्थाले केपी शर्मा ओलीको चहनाअनुरुप देशलाई मध्यावधि चुनावतर्फ धकेल्ने प्रयास गर्दै आएको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्