OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १७, २०७८रुकुमपश्चिम
३४७ पटक

१७ बैशाख २०७८, शुक्रबार

कोरोना भाइरसक संक्रमितहरुको उपचारको लागि रुकुमपश्चिममा मिनि अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समितिको संयोजनमा बिहीबार प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र चिकित्सकहरु सहभागी रहेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले हरेक पालिकामा कम्तिमा २० वटा आइसोलेशन बेड तयार गर्नुको साथै चौरजहारी अस्पतालमा एक सय र जिल्ला अस्पताल सल्लेमा ५० बेड थप्ने निर्णय गरेको छ ।

यस्तै, हरेक पालिकाहरुले कम्तिमा १० वटा अक्सिजन सिलिण्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्ट्रेटर तत्काल व्यवस्था गर्ने निर्णय भएको छ । एम्बुलेन्स र शव वाहनका चालकहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्ने, कोरोना उपचारमा खटिने जनशक्तिको अभाव पूर्ति गर्न पालिकाहरुले नै तत्काल स्वास्थ्यकर्मीहरु करारमा लिई काममा लगाउने निर्णय भएको छ ।

कोभिड महामारीको बेला जनताको मनोबल उँचो बनाइराख्न चेतनामूलक जानकारी सम्प्रेषण गर्ने र बाहिरबाट भित्रिएकाहरुलाई वडाहरुले होम आइशोलेशनमा राख्ने व्यवस्था गर्ने, गम्भीर प्रकृतिका बिरामीहरुको उपचारको लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख राजकुमार शर्माले जानकारी दिनुभयो ।

भर्चुअल बैठकमाफृत प्रतिनिधिसभा सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले महामारीको बेला नियम कानून भन्दा जनताको जीवन रक्षाको विषयलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितका प्रशासनिक जनशक्ति, सुरक्षा निकाय र मूलतः स्वास्थ्यकर्मीहरुको संयुक्त प्रयासबाट महामारीको क्षति न्यूनीकरण गर्न सकिने भएकोले तदारुकताका आ–आफ्नो जिम्मेवारीमा प्रतिवद्ध भएर लाग्न निर्देशनात्मक सुझाव दिनुभयो ।

भर्चुअल बैठकमा जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित विभिन्न अस्पतालका प्रमुख तथा चिकित्सकहरुले जिल्लामा कोरोना संक्रमण र उपचारको व्यवस्थाबारे जानकारीसहित सुझाव दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्