OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीबैशाख ६, २०७८ जुम्ला,
१०१३ पटक

बड्की  वैशाख ६ गते । कालिका माध्यामिक विद्यालय बड्कीको ४९ औ बार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालयले आफ्नो बार्षिक उत्सव मनाउने क्रममा अभिभावकहरुले छ लाख ३३ हजार आठ सय छ रुपैया अक्षय कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

हिमा गाउँपालिका वडा नम्बर १ स्थित कालिका माध्यामिक विद्यालय बड्कीले आयोजना गरेको कार्यक्रममा विद्यालयको स्तरउन्नतिका लागि कालिका ‘प्रतिभा पुरस्कार तथा अक्षयकोष’ स्थापना गर्ने प्रतिवेदनमा ल्याएपछि ६ जना स्थानीयले छ लाख ३३ हजार आठ सय छ रुपैया विद्यालयको अक्षयकोषमा राख्ने घोषणा गरेका हुन ।

सहयोग गर्नेमा निर्माण व्यवसायी संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष स्थानीय विर्खबहादुर शाहीले रु एक लाख ७५ हजार एक सय ५१, नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले रु एक लाख ५१ हजार एकसय ५१, हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले रु एक लाख पाँच हजार एकसय ५१ रुपैया विद्यालयको अक्षयकोषमा जम्मा हुनेगरी रकम दिने औपचारिक कार्यक्रममै घोषणा गर्नुभएको हो ।

यसैगरी स्थानीय ज्येष्ठ नागरिक अगुवा मलभिम शाहीले रु एक लाख एक हजार एकसय एक र स्थानीय अगुवा नरबहादुर शाहीले रु ५१ हजार एक सय एक रुपैया विद्यालयले स्थापना गर्ने प्रतिभा पुरस्कार तथा अक्षयकोषमा सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरी स्थानीय तथा वडा नम्बर एकका वडा सचिव मानबहादुर शाहीले रु ५० हजार एक सय ५१ रुपैया विद्यालयलको अक्षयकोषमा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । शिक्षा सवैभन्दा ठूलो सम्पति भएको भन्दै विद्यालयको स्तरउन्नतिका लागि सहयोगको कमी नहुने तर विद्यालय व्यवस्थापन र आर्थिक व्यवस्थापन पादर्शी हुनुपर्नेमा उहाँहरुको जोड रहेको छ ।

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले गाउँपालिकाले शिक्षा क्षेत्रमा पहिलो प्रथामिकता दिएको भन्दै कालिका माध्यामिक विद्यालय सहित गाउँपालिकाका विद्यालयहरुको भौतिक पूर्वाधारमा स्तरउन्नतिका लागि स्थानीय सरकार सकारात्मक हुदै आएको बताउनुभयो । उहाँले शिक्षा विना जीवन राम्रो नहुने भन्दै सवैलाई पढाउने र गुणस्तरीय शिक्षा दिन अभिभावक, शिक्षक र विद्याथीहरुले स्पष्ट रणनिति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमख लक्ष्मण शाहीले विद्यालयको स्तरउन्नतिका लागि सवैको सहकार्य आवश्यक रहेको भन्दै कालिका मा.विबाट उत्पादित आश लाग्दो जनशक्ति देशका विभिन्न ओहदामा पुगेकाले भावी जनशक्तिका लागि अपुग बिषयमा गर्नुपर्ने सहयोगमा लागि पर्ने बताउनुपर्ने बताउनुभयो । स्थानीय अभिभावक तथा नेपाली कांग्रेस महासमिति सदस्य लंकबहादुर शाहीले नपढेका पुर्खाले विद्यालय जन्माईदिएकोमा स्मरण गर्दै अव राम्रो गर्ने हाम्रो काधमा आएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले शिक्षक विद्यार्थी, अभिभावक सहित सरोकारवाला निकायको समन्वयमा विद्यालयको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सूचनाको यूगमा डिजिटल शिक्षालाई पनि बढि प्रथामिकता दिएर ज्ञान लिने शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो ।

हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालय निरीक्षक शंकर धितालले शिक्षा जीवनको ज्योति भएकाले अभिभावकलाई शिक्षामा लगानी गर्न अनुरोध गर्नुभयो । निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले विद्यालयको विकासमा अव एक कदम अगाडि बढेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

हिमा गाउँपालिका कार्यपालिका सदस्य रतिमान वि.क,अभिभावक मलभिम शाही, नरबहादुर शाही, मानवबहादुर शाही, नेविसंघ जुम्ला सचिव नेत्र शाही लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । यसैगरी विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक खडकबहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो । विद्यालयको ईतिहास, भौतिक अवस्था, शैक्षिक अवस्था, विद्यार्थी संख्या, अतिरिक्त क्रियाकलाप र आय व्ययको अवस्थामा वारेमा जानकारी लिईएको छ । आर्थिक बर्ष २०७६।०७७ मा रु ९१ लख ४९ हजार, नौ सय ४५ रुपैयामा सवै रकम खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

वि.सं २०२९ सालमा स्थापना भएको जुम्ला सदरमुकामबाट करिब १६ कोष टाढा रहेको सो विद्यालयले अहिले प्राविधिक शिक्षा अन्तरगत वालिवज्ञिान कक्षा समेत संचालन गर्दै आएको छ । भौगोलिक हिसावले साविक बड्की गा.वि.सको केन्द्रको रुपमा रहेको सो विद्यालयलाई गुणस्तरीक्ष शिक्षा, पूर्वाधारले भरिपूर्ण गर्न शिक्षक, अभिभावक, विद्याथी र सरोकारवाला निकायहरुले एक जुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिईएको छ । सो विद्यालयमा ३६० छात्रा र २५१ छात्र गरि अहिले ६११ विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा प्राविधिक धार सहितका १८ जना शिक्षक दरवन्दी रहेको र तीनहजार ८ सय बर्गमिटर जग्गा रहेकोमा बढाउने तयारी भईरहेको प्रतिवेदनमा उल्लेख छ । बार्षिकत्सोव कार्यक्रममा विद्यालयलाई योगदान पुरयाउने व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्