OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही साउन ८, २०७६सुर्खेत
५०८ पटक

सुर्खेत, ८ साउन ः कर्णाली प्रदेश सरकारले मंगलबार रातीको आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनस्र्थापित गरेको छ ।
बाढीले बीरेन्द्रनगर नगरपालिका ९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धारगरी आजै पुनस्र्थापित गरेको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, सांसद पद्मा खड्का, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी बुधबार नै बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको थियो ।
प्रभावित क्षेत्रमा पुगेको सरकारले बाढीले पारेको क्षेतिको अवलोकन गरेको छ । अवलोकन पश्चात् डुबानमा परेका भूभागका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उद्धारमा खटिएको ६५ जना प्रहरी टोलीले घटनास्थलबाट ३० व्यक्तिलाई उद्धार पनि गरेको प्रवक्त क्षेत्रीले बताउनुभयो ।
बाढीबाट बीरेन्द्रनगर ९ सुर्खेतका नौवटा घर डुबानमा, वडा नम्बर १० स्थित देउती कृषि फार्म, एक बाच्छी र दुईवटा गाई, पाँच सय कुखुरा, बंगुर, भाँडावर्तन, खाद्यान्नलगायत बाढीले बगाएर क्षेति पुर्याएको प्रहरीले जनाएको छ । त्यसैगरी, नगरपालिकाको १२ वडास्थित अम्मरबहादुर तारामी मगरेको ५० घार, ओमप्रसाद शर्माको ३० घार मौरीको पूर्ण क्षेति पुर्याएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही वडाका प्रतिमान कामीको डेढ कठ्ठा खेत, चक्रबहादुर गुरुङको भे१ह ३४२० नम्बरको एक अटो ५० मिटर तल बीच खोलामा पुरिएर झण्डै रु.पाँच लाख बरोको क्षेति भएको बताईएको छ । मंगलबार रातीको बाढीले सुर्खेतकै भेरीगंगा नगरपालिका अमिलाचौरका टिकाराम बस्यालको एकतले ढुङा र माटोले बनेको घरमा क्षेति पुग्दा रु.एक लाख पचास हजार क्षेति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्