OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३०, २०७७सुर्खेत
४५० पटक

 ३० माघ २०७७, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार जुवाखालबाट सातजना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको ७ जनाको प्रहरी टोलीले बिहीबार बेलुका ५ः०० बजे वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सुचनाको आधारमा जिप्रकाबाट खटिई गएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु.चौवालिस हजार १३५ नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

जुवाखालबाट पक्राउ परेका सात जना मानिसहरुलाई जुवा कसुर ऐन अन्तरगत कारवाहीका लागि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्