OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ २५, २०७६सिञ्जा जुम्ला,
१०४५ पटक

खलङ्गा असार २४ गते । जुम्लाका सवै स्थानमा रोपाई सकिएको छ । विशेषगरी धान रोपिने सवै क्षेत्रमा रोपाई सकिएको हो ।
जुम्लामा धेरै जसो रोपाई जेठ महिनामै हुने तर केही अग्लो स्थानमा भने असारको दोस्रो साता सम्म सवै क्षेत्रमा रोपाई गरेर सक्नृे चलन छ । मार्सी धानको रोपाई सँगै गोडने कामहरु पनि अन्तिम चरणमा पुगेको हो ।
जुम्लाको अग्लो स्थानरुमा भने धान गोडने काम भईरहेको किसानहरुले जनाएका छन् । जिल्लाको सिञ्जा, पानसय र खलंगा क्षेत्रमा गोडने काम समेत सकिएपनि अग्लो स्थानहरुमा मार्सी धान कृषकहरुले गोडने काम भईरहेको छ ।
५० हेक्टर क्षेत्रमा मार्सी बढी रोपियो ः
यस बर्ष गत बर्षको भन्दा ५० हेक्टर बढि जुम्लाको धान फल्ने क्षेत्रमा मार्सी धान रोपिएको छ । कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत बालाकराम देवकोटाका अनुसार जुम्लाको दुई हजार नौ सय हेक्टरमा धान रोपिएको छ । जसमा कालीमार्सीधान एक हजार पाँचसय हेक्टरमा रोपिएको र गत बर्ष भन्दा ५० हेक्टरमा बढि रोपिएको देवकोटाले जानकारी दिनुभयो । उहाँ अनुसार हवात्तै घटेको मार्सी धानको बजार बढेपछि बढ्न थालेको छ । यसैगरी जिल्लाको गोठिचौर गाउँपालिकाको एक गाउँलाई अर्गानिक मार्सी पकेट क्षेत्रको रुपमा अगाडि बढाईएको कार्यालय ज्ञान केन्द्रका प्रमुख डा. तपेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । अर्गानिक जुम्लामा भने लुकिछपी विषाधी प्रयोग नगर्न भन्दै कृषि ज्ञान केन्द्र जुम्लाले जनचेतना र सूचनामुलक कार्यक्रम समेत थालेको उहाँले थप्नुभयो ।
स्थानीय सरकारको नितिमा प्रथामिकता ः
स्थानीय तहले मार्सी जोगाउन नितिमै प्रथामिकता दिएको छ । जिल्लाको तातोपानीले हरेक बर्ष मार्सि दिवस मनाउने देखी संरक्षण र प्रवर्धनका कार्यक्रमहरु गर्ने भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । कृषि क्षेत्रमा सवैभन्दा बढि बजेट समेत विनियोजन गरिस्एको उहाँको जोड रहेको छ । यता पातारासी गाउँपालिकाले विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा मार्सी धान संरक्षणका लागि सो क्षेत्रलाई घेरवार गर्ने तथा डिपिआर अनुसार काम गर्ने कार्यक्रमहरु थालेको प्रशासकीय प्रमुख टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छुमचौरमा संरक्षण समिति समेत गठन गरिने उहाँले बताउनुभयो । यसैगरी जिल्ला भरीका स्थानीय तहले मार्सीधान संरक्षणमा जोड दिने र उत्पादन बढाउने बिषयमा जोड दिन प्रथामिकता दिने बताएका छन् ।
पछिल्लो पटक मार्सीधानले बजार पाएपछि किसानहरु यो धान बचाउन तथा संरक्षण गर्न स्थानीय किसान सहित स्थानीय तह उत्साहित भएका छन् । तातोपानी गाउँपालिकाले जुम्लामा पहिलो पटक मार्सीधान रोपिएको (उदगम स्थल ) तातोपानी गाउँपालिकाको लाक्षु ज्यूलाको “गुरुफोक्टामा” यो बर्ष देखी दिवस मनाउन शुरु ग¥र्यो । गत जेठ ३० गते तातोपानीको उक्त लाक्षु ज्यूलाको गुरुफोक्टोमा सरकारी स्तरबाट रोपाई शुरु गरेको थियो । यसैगरी विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्र छुमचौर ज्यूलामा पातारासी गाउँपालिकाले रोपाई शुरु गरेको छ । यसैगरी हिमा गाउँपालिका वडा न.ं १ ले समेत रोपाई उत्सव मनाएको थियो । यसैगरी चन्दननाथ मन्दिरको सेराडावमा बर्षौ देखी मार्सी रोपिदै आउने चलन पनि यो पटक नगरपालिकाद्धारा दो¥याईएको छ ।

प्रतिकृया दिनुहोस्