OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २८, २०७७ सुर्खेत
३६० पटक

 २८ पुस २०७७ मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकलाई दुर्घटनाको खतरा हुनबाट न्यायलयले मात्र रोक्न सक्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले संसद विघटनले राष्ट्र, राष्ट्रियता, संविधान र संघीयता खतरामा पुगेको जनाउनुभयो । यस गम्भीर परिस्थितिलाई सुल्झाउने जिम्मेवारी न्यायलयको काँधमा आईपुगेको उहाँले बताउनुभयो । “संघर्षको अध्याय सम्पन्न गरी निर्माणको चरणमा आईपुगिएको थियो,” उहाँले भन्नुभयो, “संसद विघटनले आज मुलुक अस्थिरतातर्फ मोडिएको छ ।”

मुख्यमन्त्री शाहीले भन्नुभयो, “मुलुकमा स्थायी सरकार, समृद्धि र विकासका लागि मध्यवधि समस्याको समाधान होइन । जनअपेक्षालाई निराशामा परिणत गरेर सेनासहितको राज्यशक्ति र ठूलो बजेट खर्च गरी गरिने चुनाव कति निष्पक्ष र विश्वसनीय छ भन्ने प्रश्न पनि त्यतिकै उठ्छ ।” संसद विघटनको नजिर बस्नु राम्रो नभएको उहाँले बताउनुभयो ।

उहाँले अहिले सामना गरिरहेको अवस्थाबाट अघि बढे देशमा धेरै प्रधानमन्त्री बन्ने तर मुलुक अस्थिर राजनीतिको चङ्गुलमा फस्ने तर्क गर्दै यसले मुलुकको विकास १० वर्षपछि धकेलिने जनाउनुभयो । व्यक्तिको सनकमा संविधानको हत्या नहोस् भनेर जनताको अदालतमा आउन बाध्य भएको उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनकै क्रममा मुख्यमन्त्री शाहीले रणनैतिक महत्वका योजनाहरु बन्न नसकेपनि कर्णालीको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारको विकास हुँदै गएको जनाउनुभयो । त्यही सन्दर्भमा उहाँले कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पनि केही दिनपछि विस्तार गरिने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्