OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १९, २०७७जुम्ला,
१७१२ पटक

१९ पुस, जुम्ला । कर्णाली प्रदेशमा नेकपा ओली समूहका एक मन्त्री प्रचण्ड–नेपाल समूहमा गएका छन् ।

सामाजिक विकास मन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा आएका सासंद पदम रोकायाले जानकारी दिनुभयो ।

मन्त्री रावल ओली समूहको कोटाबाट मन्त्री बन्नु भएकाे थियाे। यसैगरी सांसद पदम रोकायाले पनि मन्त्री रावल सहित पेरिसडाँडमा गएर आफु प्रष्ट प्रचण्ड माधव प्रचण्ड पक्ष भएको घोषणा गरेका छन् ।

दुईजना जना यता आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २१ जना पुगेका छन् । सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।

यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । प्रचण्ड–नेपाल समुहका दुईजना सांसद धर्मराज रेग्मी र
ठम्मर विष्ट ओली समूहमा लागेपछि बहुमत पुर्याउन समस्या भईरहेको समयमा उहाँहरूको कित्ता परिवर्तनले बहुमत भएको छ ।

हुम्लामा मन्त्री रावलसँगै धेरैले पेरिसडाडा पुगेर प्रचण्ड माधवको कित्तामा रहेको बताएका थिए । स्रोतका अनुसार हुम्लामा जनमत माधव प्रचण्ड पक्षमा बढि भएपछि दिर्घकालिन राजनितिको लागि मन्त्री रावलले मोड लिनुभएको बताईएको छ ।

यसैगरि कर्णालीका पर्यटनमन्त्त्री नन्दसिंह बुढाले पनि ओलिबाट प्रचण्ड माधव तिर कित्ता परिवर्तन गर्ने स्रोतले जनाएको छ । तर मन्त्रि बुढा खुलि नसकेको र डोल्पाका नेताहरूको वैठक बसिरहेका जानकारि प्राप्त भएको छ ।

सांसद रोकायाको प्रष्टिकरण :

जुम्ला प्रदेश ख बाट निर्वाचित सांसद पदमबहादुर रोकायाले आफ्नो राजनितिको शुरुवात माधव नेपालबाटै भएको भन्दै अहिले प्रचण्ड माधव नेपालको कित्तामा भएको प्रष्टिकरण गरेको वताउनुभयो ।

उहाँले सामाजिक संजालमा भन्नुभएको छ । आज पार्टी अफिस पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र माधव नेपालको उपस्थितिमा नेपाल कम्यूनिष्ट पार्टी मजदुद्ध भएको जानकारी गरेको जानकारी गर्नुभयो । उहाँले सामाजिक विकास मन्त्री दलरावल सहितका व्यक्तिहरुलाई हौसला दिन पेरिसडाँडा पुगेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्