OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
विजकली महतारा, धनबहादुर रोकायापौष १९, २०७७जुम्ला,
८४६ पटक

खलङ्गा पुस १९ गते । जुम्लामा कोभिड प्रभावित दुईसय जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो पोसाक र खाद्यन्न सामग्री वितरण गरिएको छ ।

सिविएमको आर्थिक सहयोगमा आईएन एफ जुम्ला र अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले चन्दननाथ, पातारासी, तिला, तातोपानी, सिञ्जा र हिमा गाउँपालिकाका दुई सय जना अपाङ्गता भएका व्यक्तिहरुलाई ज्याकेट, टोपी, मफलर, मोजा, टोपी, स्यालेक्स र खाद्यन्नमा ४ केजी दाल, २५ केजी चामल, ४ प्याकेट तेल, २ केजी नून, ४ चक्की सावुन, एक एक केजी चिनी वितरण गरिएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका महासचिव रामकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिसोको समयमा न्यानो कपडाले अपाङ्गता भएका व्यक्तिहरुलाई निकै ठूलो राहात भएको जानकारी दिनुभयो । यता आईएन एफ जुम्लाका सुपरभाईजर गंगा देवानका अनुसाररु आठ लाख बजेट बराबरको न्यानो कपडा र खाद्यन्न सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका समुहहरुले वैठक वसालेर छनौट गरिएका विपन्न अपाङ्ता भएका व्यक्तिहरुले सो सामग्री पाएका छन् ।
चिसोले अत्याधिक असर गरेपछि न्यानो कपडा र खाद्यन्न लिएर गाउँपालिकामै सो सामग्री वितरण गरिएको थियो । उनिहरुलाई जनप्रतिनिधिहरुको रोहवरमा राहत तथा खाद्यन्न वितरण गरेपछि निकै ठूलो राहात भएको उनिहरुले प्रतिक्रिया दिएका छन् । लकडाउन तथा विभिन्न कारणले खाद्यन्न समेत अभाव भएका व्यक्तिहरुको लागि निकै राम्रो भएका छन् ।

अपाङ्ग पुनस्र्थापना केन्द्रले हरेक स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुको समुह बनाउदै बचत तथा विभिन्न कार्यक्रम गर्दै आएको छ । अपाङ्गता परिचयपत्र सिफारिस, आय आर्जनका लागि पनि काम गर्दै आएको संस्थाले जानकारी दिएको छ ।

जनप्रतिनिधिहरुको समन्वय सहकार्यमा सामग्री वितरण गरिएको छ । चन्दननाथ नगरपालिकामा वितरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष जगदिश चौलगाईले अपाङ्गता भएका व्यक्तिहरुलाई चिसोमा सहयोग निकै राम्रो र आवश्यक रहेको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्