OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीपौष १७, २०७७जुम्ला,
१३०७ पटक

पुस १७ गते, जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ४ मा एक जना ६९ बर्षिय महिलाको निधनमा आशंका भएको बताईएको छ ।

गत पुस १६ गते आफ्नो घरमा निधन भएकी चन्दननाथ नगरपालिका वडा नम्बर ४ निवासी ६९ बर्षिय सतनदेवी रोकायाको घरमा मृत्यू अवस्थामा आफन्तले भेटाएका र दाहसस्कार गरौ भन्ने समयमा गहना नभएको देखिएकाले कसैले हत्या गरेको हुन सक्ने आफन्तले जनाएका छन् ।

उक्लै बस्दै आउनु भएकी ति महिलाको आफन्तले घरमा हातमा औठी, छाप, कानमा गहना सहित चार तोला सुनका गहना समेत नभएको र घाटीमा थिचेको जस्तो घाउ भएको मृतक अवस्थामा रहेको भन्दै प्रहरीमा अनुसन्धान गरीपाउ भन्ने निवेदन जारी गरेको जनाएका छन् ।

आफन्त मिनबहादुर महतका अनुसार पहिले रक्तचाप भएर निधन भएको भनिएयता पनि पछि केही घाउ देखिएको र गहना लुटेर लिएको देखिएको भएपछि प्रहरीलाई जानकारी गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनाको अनुसन्धान भईरहेको छ । आफन्तले १६ गते दाहासस्कार गर्न तयार भएको समयमा केही गहना नभएको, हत्या गरिएको आशंकापछि प्रहरीमा जानकारी भएको बताउनुभयो । उहाँले प्रहरी गहिरो अध्ययन गरिरहेको र उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोस्टमार्टम गरि आज दाहसंस्कार गरिएको छ ।

मृत्यू भएका ति महिला जिल्ला प्रशासन कार्यालयमा पूर्व कर्मचारी चक्रबहादुर रोकायाकी श्रीमति हुनुहुन्छ । आफन्तले दोषी पत्ता लगाई कानूनी दायरामा ल्याउन गुहार मागेका छन् ।

मुख्यबजारमा सिसि क्यामरा नहुदा सकस :

जुम्ला सदरमुकाममै घटना भईरहदा सिसि क्यामरा नहुदा केही कठिन भएको प्रहरी जनाउछ । धेरै बर्ष पहिले पटक पटक सदरमुकामका मुख्य चोकहरुमा सिसि क्यामरा राख्ने निर्णय भएपनि बजेट अभावमा सो काम पुरा हुन सकेको छैन ।

स्थानीय तह, प्रदेश सरकार , संघीय सरकारले यस योजनालाई ध्यान नदिदा सफल नभएको र सदरमुकम, अझैपनि मुख्य बजारमा चोरी लगायताका घटनाहरु भईरहेका छन् । दुई बर्ष अघि स्थानीय प्रशासन र स्थानीय तहहरु बसेर सदरमुकाम सहित स्थानीय तहका गाउँपालिका भएका स्थानमा सिसि क्यामरा राख्ने निर्णय समेत भएको थियो तर निर्णय कसैले कार्यान्वयन नगरेकाले समस्या भएको स्थानीय आक्रोसित हुदै आएका छन् ।

सांकेतिक तस्बिर : गुगलबाट

 

प्रतिकृया दिनुहोस्