OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचीसहित)

१५४ मध्ये ११० जना प्रचण्ड–माधवतिर

कोरपाटी संवाददातापौष १७, २०७७काठमाडौं
८२५ पटक

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ ।

प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पुर्‍याएको छ ।

साविकको कमिटीभन्दा झण्डै तीन गुणा बढाएर निर्वाचन आयोगमा बुझाएका ओलीले बुधबार भने साविकको केन्द्रीय कमिटीमा प्रचण्ड र माधव समूहको बहुमत रहेको स्वीकार गरेका थिए ।

३३ जिल्लामा ओली समूह पदाधिकारीविहीन

संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जिल्ला नेतृत्वमा पनि प्रष्ट अल्पमतमा छ । ७७ जिल्लाका १५४ जना अध्यक्ष र सचिवमध्ये ओली समूहमा ४३ जना मात्रै लागेका छन् । एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको जिल्ला नेतृत्वमा अध्यक्ष र सचिवसमेत दुईजना मात्रै पदाधिकारी थिए । जिल्ला कमिटीहरुको एकीकरण प्रक्रिया सकिएकै थिएन ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवमध्ये ओली समूहतर्फ २९ जिल्ला अध्यक्ष र १४ जना सचिव मात्रै उभिएका छन् । बाँकी ४७ जिल्ला अध्यक्ष प्रचण्ड र माधव समूहमा लागेका छन् ।

प्यूठानका अध्यक्ष तुलसीराम शर्मा वामदेव गौतम नखुलेसम्म कुनै समूहमा नखुल्ने अडानमा छन् । ६३ जिल्ला सचिवहरु प्रचण्ड र माधव समुहमा उभिएका छन् । ३३ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।

ओली समूह प्रदेश २ मा सबैभन्दा बढी कमजोर देखिएको छ । आठ जिल्ला रहेको यो प्रदेशमा तीनजना जिल्ला पदाधिकारी मात्रै ओली समूहमा लागेका छन् ।

यसपछि प्रधानमन्त्रीकै गृह प्रदेश रहेको प्रदेश १ मा ओली समूह कमजोर छ । यो प्रदेशका २८ पदाधिकारीमध्ये ८ जिल्लामा ओली समूह पदाधिकारी विहीन बनेको छ । ६ जना जिल्ला अध्यक्ष ओली समूहमा छन् । यो प्रदेशका कुनै पनि जिल्ला सचिव ओली समूहमा छैनन् ।

पार्टी एकताका बेला एमाले र माओवादीले जिल्ला अध्यक्ष र सचिवको भाग लगाएकाले प्रचण्ड–माधव नेपाल समूहका ७६ जिल्लामा पदाधिकारी छन् । बाजुराका दुवै पदाधिकारी ओली समूहमा लागेकाले प्रचण्ड र माधव समूह यहाँ पदाधिकारीविहीन हुन पुगेको छ ।

तर, सबै प्रदेशमा प्रचण्ड र माधव समूह प्रष्ट बहुमतमा छन् । सबैतिर कमजोर रहेको ओली समूह गण्डकी प्रदेशमा भने तुलनात्मक राम्रो अवस्थामा छ । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहतर्फ ९ जना छन् । यसपछि १२ जिल्ला रहेको लुम्बिनीमा ओली समूहतर्फ ८ जना पदाधिकारी देखिएका छन् ।

प्रदेश १ : गृह प्रदेशमै ओली कमजोर

प्रदेश १ मा ८ जिल्लामा अध्यक्ष र ६ जिल्लामा ओली समूहका अध्यक्ष छन् । प्रदेश १ ओलीकै गृह प्रदेश हो । तर, जिल्ला पदाधिकारीहरुमा यो प्रदेश ओली सबै प्रदेशभन्दा कमजोर छ । अध्यक्ष र सचिव गरी २६ पदाधिकारी मध्ये ओली समूहका ६ जना मात्रै छन् । आठ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।

धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, सोलुखम्बु, ओखलढुङ्गा, उदयपुर, तेह्रथुम र संखुवासभामा प्रचण्ड र माधव समूहका मात्रै पदाधिकारी छन् । त्यसैले यो प्रदेशमा ओलीले साविकको समूह परिवर्तन गराउने प्रयास गरिरहेका छन् । तर, विभाजनको अन्तिममा मात्रै त्यो भने टुंगो लाग्नेछ ।

क्र.स.जिल्लानामपदसमूह
धनकुटाराजेन्द्र राईअध्यक्षप्रचण्ड-माधव
ऋषिराम ढुंगानासचिवप्रचण्ड-माधव
ताप्लेजुङबिजय बनेमअध्यक्षप्रचण्ड-माधव
बलबहादुर साम्सोहाङसचिवप्रचण्ड-माधव
सुनसरीयोगेन्द्र मण्डलअध्यक्षप्रचण्ड-माधव
रमेश वस्नेतसचिवप्रचण्ड-माधव
खोटाङदेवान चाम्लिङअध्यक्षप्रचण्ड-माधव
राम दंगालसचिवप्रचण्ड-माधव
ओखलढुंगामोहनकुमार खड्काअध्यक्षप्रचण्ड-माधव
मोहन श्रेष्ठसचिवप्रचण्ड-माधव
उदयपुरविनोद कटवालअध्यक्षप्रचण्ड-माधव
इश्वरमणि राउतसचिवप्रचण्ड-माधव
तेह्रथुमलक्ष्मण तिवारीअध्यक्षप्रचण्ड-माधव
इन्द्रबहादुर इम्सुङसचिवप्रचण्ड-माधव
संखुवासभाहेमराज घिमिरेअध्यक्षप्रचण्ड-माधव
कृष्ण याख्यासचिवप्रचण्ड-माधव
इलामराम रानाअध्यक्षओली
सोममाया राईसचिवप्रचण्ड-माधव
१०पाँचथरराजकुमार भण्डारीअध्यक्षओली
होम जबेगुसचिवप्रचण्ड-माधव
११झापाचिन्तन पाठकअध्यक्षओली
मणिकुमार साम्पाङसचिवप्रचण्ड-माधव
१२मोरङऋषिकेश पोखरेलअध्यक्षओली
गणेश उप्रेती सुशिलसचिवप्रचण्ड-माधव
१३भोजपुरप्रेमकुमार राईअध्यक्षओली
बिमल खड्कासचिवप्रचण्ड-माधव
१४सोलुखम्बुमानबीर राईअध्यक्षओली
गोम्बु शेर्पासचिवप्रचण्ड-माधव

प्रदेश २ : प्रचण्ड–माधवको प्रष्ट बर्चश्व

प्रदेश २ का आठ जिल्लाका १६ पदाधिकारीमध्ये ओली समूहतर्फ तीनजना मात्रै छन् । धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव, महोत्तरीका सचिव शोकिलाल यादव र पर्साका अध्यक्ष प्रभु हजारा मात्रै ओली समुहका हुन् ।

बाँकी सवै प्रचण्ड र माधव नेपाल समूहका हुन् । यो प्रदेशका पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ ।

क्र.सं.जिल्लानामपदसमूह
१.सप्तरीअशोक मण्डल ‘अमर’अध्यक्षप्रचण्ड-माधव
गोबिन्द बहादर न्यौपानेसचिवप्रचण्ड-माधव
सिराहारामकुमार यादवअध्यक्षप्रचण्ड-माधव
प्रमोद यादवसचिवप्रचण्ड-माधव
३.धनुषाराजकिशोर यादवअध्यक्षओली समूह
दीपक यादवसचिवप्रचण्ड-माधव
महोत्तरीराजु खड्काअध्यक्षप्रचण्ड-माधव
शोकीलाल यादवसचिवओली समूह
सर्लाहीरेवती पन्तअध्यक्षप्रचण्ड-माधव
कमल बूढाथोकीसचिवप्रचण्ड-माधव
रौतहटकमल रायअध्यक्षप्रचण्ड-माधव
सचिव पद खाली
बाराक्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’अध्यक्षप्रचण्ड-माधव
सुन्दर बहादुर विकसचिवप्रचण्ड-माधव
पर्साप्रभु हजाराअध्यक्षओली
विजय महतोसचिवप्रचण्ड-माधव

बागमती : ६ जिल्लामा ओली समूह पदाधिकारीविहीन

बागमतीका ६ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रामेछाप, काभ्रे, मकवानपुर, चितवन, नुकवाकोट र रसुवाका जिल्ला अध्यक्ष र सचिव नै प्रचण्ड र माधव समूहका छन् ।

१३ जिल्लाको २६ पदाधिकारीमध्ये सात पदाधिकारी मात्रै ओलीतर्फका हुन् । ओलीतर्फका धादिङ जिल्ला अध्यक्ष नेत्र पौडेलले केही दिन अगाडि राजनीति नै छोडेको घोषणा गरेका छन् ।

क्र.स.जिल्लानामपदसमूह
रामेछापमैनकुमार मोक्तानअध्यक्षप्रचण्ड-माधव
शान्ति पौडेलसचिवप्रचण्ड-माधव
दोलखाईश्वरचन्द्र पौडेलअध्यक्षओली
गोपाल पाण्डेसचिवप्रचण्ड-माधव
सिन्धुपाल्चोकझम्क नेपालअध्यक्षप्रचण्ड-माधव
दावा लामासचिवओली
काभ्रेरुकु चौलागाइँअध्यक्षप्रचण्ड-माधव
टोकबहादुर वाइबासचिवप्रचण्ड-माधव
सिन्धुलीराजन दाहालअध्यक्षप्रचण्ड-माधव
प्रदीप कट्वालसचिवओली
ललितपुरहरिकृष्ण बेञ्जनकारअध्यक्षओली
राजकाजी महर्जनसचिवप्रचण्ड-माधव
काठमाडौंकृष्ण राईअध्यक्षओली
हिमाल शर्मासचिवप्रचण्ड-माधव
भक्तपुरबचन देउजाअध्यक्षओली
डीपी ढकालसचिवप्रचण्ड-माधव
मकवानपुरमुनु सिग्देलअध्यक्षप्रचण्ड-माधव
प्रेमबहादुर पुलामीसचिवप्रचण्ड-माधव
१०धादिङनेत्र पौडेलअध्यक्षओली
शालिकराम जम्मर कट्टेलसचिवप्रचण्ड-माधव
११चितवनयमबहादुर परियारअध्यक्षप्रचण्ड-माधव
कृष्णभक्त पोखरेलसचिवप्रचण्ड-माधव
१२नुवाकोटहरिनाथ खतिवडाअध्यक्षप्रचण्ड-माधव
नारायण खतिवडासचिवप्रचण्ड-माधव
१३रसुवाकन्र्याल लामाअध्यक्षप्रचण्ड-माधव
इन्द्र गोतामेसचिवप्रचण्ड-माधव

गण्डकी : ओली समूह तुलनात्मक राम्रो अवस्थामा

दुई जिल्लामा ओली समूह पदाधिकारीविहीन छ । म्याग्दी र बाग्लुङमा ओली पदाधिकारीविहीन बनेका हुन् । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहका ९ जना पदाधिकारी छन् ।

पर्वत, मनाङ, तनहुँ, नवलपुर र मुस्ताङका अध्यक्ष ओली समूहका छन् । लमजुङ, कास्की, गोरखा र स्याङ्जाको सचिव ओली समूहमा छन् । बाँकी १३ पदाधिकारी प्रचण्ड र माधव नेपाल समूहमा लागेका छन् ।

क्र.स.जिल्लानामपदसमूह
म्याग्दीगोविन्द पौडेलअध्यक्षप्रचण्ड-माधव
हरिकृष्ण श्रेष्ठसचिवप्रचण्ड-माधव
पर्वतपवन गिरीअध्यक्षओली
सुदीप कुँवरसचिवप्रचण्ड-माधव
बाग्लुङइन्द्रलाल सापकोटाअध्यक्षप्रचण्ड-माधव
ज्ञाननाथ गैरेसचिवप्रचण्ड-माधव
लमजुङमधुमाया अधिकारीअध्यक्षप्रचण्ड-माधव
धनञ्जय दवाडीसचिवओली
कास्कीकृष्ण थापाअध्यक्षओली
बखानसिंह तमुसचिवप्रचण्ड-माधव
मनाङपाल्देन छोपाङ गुरुङअध्यक्षओली
वेदबहादुर गुरुङसचिवप्रचण्ड-माधव
मुस्ताङचन्द्रमोहन गौचनअध्यक्षओली
सत्यनारायण गौचनसचिवप्रचण्ड-माधव
गोरखालेखबहादुर थापामगरअध्यक्षप्रचण्ड-माधव
प्रेम गुरुङसचिवओली
तनहुँकेदार सिग्देलअध्यक्षओली
.राजेन्द्रकेशरी न्यौपानेसचिवप्रचण्ड-माधव
१०नवलपुररोशन गाहा मगरअध्यक्षओली
मित्रशरण शर्मासचिवप्रचण्ड-माधव
११स्याङ्जासूर्यप्रसाद गैरेअध्यक्षप्रचण्ड-माधव
मीनबहादुर गुरुङसचिवओली

लुम्बिनी प्रदेश : वामदेव गौतमका एक अध्यक्ष

लुम्बिनीका तीन जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रोल्पा, दाङ र बाँकेमा ओली समूह पदाधिकारीविहीन बनेको हो । लुम्बिनीका १२ जिल्लाका २४ पदाधिकारीमा ओलीतर्फका पाँच अध्यक्ष र तीन सचिव छन् । बाँकी सबै प्रचण्ड र माधव समूहका हुन् ।

क्र.स.क्र.स.नामपदसमूह
रोल्पासुरेन्द्र घर्तीअध्यक्षप्रचण्ड-माधव
हरिबहादुर घर्तीसचिवप्रचण्ड-माधव
रूकुम पूर्वमेघबहादुर श्रेष्ठअध्यक्षप्रचण्ड-माधव
सतमान पुनसचिवओली
नवलपरासीभविश्वर तिवारीअध्यक्षप्रचण्ड-माधव
तुल्सी पासीसचिवओली
दाङटीकाराम खड्काअध्यक्षप्रचण्ड-माधव
सुबास पुनसचिवप्रचण्ड-माधव
बाँकेआइपी खरेलअध्यक्षप्रचण्ड-माधव
अशोक कोइरालासचिवप्रचण्ड-माधव
बर्दियाभवनकुमार थारुअध्यक्षप्रचण्ड-माधव
लालबहादुर श्रेष्ठसचिवओली
रूपन्देहीशिवराज सुवेदीअध्यक्षओली
निर्मल जिसीसचिवप्रचण्ड-माधव
कपिलवस्तुझविलाल पोखरेलअध्यक्षओली
रामचन्द्र शाह ठकुरीसचिवप्रचण्ड-माधव
अर्घाखाँचीचेतनारायण आचार्यअध्यक्षओली
ठाकुर विकसचिवप्रचण्ड-माधव
१०गुल्मीमधुकृष्ण पन्तअध्यक्षओली
बीरबहादुर कार्कीसचिवप्रचण्ड-माधव
११पाल्पानारायण आचार्यअध्यक्षओली
राजेन्द्र विकसचिवप्रचण्ड-माधव
१२प्युठानतुलसीराम शर्माअध्यक्षवामदेव
कृष्ण अधिकारी प्रकाशसचिवप्रचण्ड-माधव

कर्णाली प्रदेश : ओली समूहका ६ जना मात्रै

कर्णालीका १० जिल्लाका २० पदाधिकारीमध्ये ओली समूहका ६ जना मात्रै छन् । चार जिल्लामा ओली समूह पदाधिकारी विहीन छ । सुर्खेत, जाजरकोट, जुम्ला र रुकुमका अध्यक्ष र सचिव नै प्रचण्ड–माधव समूहका हुन् ।

सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रुकुम पश्चिममा प्रचण्ड–नेपालका अध्यक्ष छन् भने सल्यान, दैलेख र डोल्पामा केपी ओली समूहका अध्यक्ष छन् । सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, सल्यान र रुकुममा प्रचण्ड नेपाल समूहका सचिव छन् । कालीकोट, हुम्ला र मुगुमा ओली समूहका सचिव छन् ।

क्र.स.जिल्लानामपदसमूह
सुर्खेतध्रुब शाहीअध्यक्षप्रचण्ड-माधव
कृष्ण जिसीसचिवप्रचण्ड-माधव
दैलेखरवीन्द्र शर्माअध्यक्षओली
प्रेम कटुवालसचिवप्रचण्ड-माधव
जाजरकोटढकवीर रानाअध्यक्षप्रचण्ड-माधव
करवीर शाहीसचिवप्रचण्ड-माधव
कालीकोटधनजीत शाहीअध्यक्षप्रचण्ड-माधव
नागेन्द्र शाहीसचिवओली
जुम्लावीरबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
तीर्थबहादुर बुढासचिवप्रचण्ड-माधव
हुम्लालालकेश जैसीअध्यक्षप्रचण्ड-माधव
दल रावलसचिवओली
मुगुसुरवीर बुढाअध्यक्षप्रचण्ड-माधव
धर्मजित शाहीसचिवओली
डोल्पादत्तबहादुर रोकायअध्यक्षओली
मालबहादुर रोकायसचिवप्रचण्ड-माधव
सल्यानगोबिन्द पुनअध्यक्षओली
कर्णबहादुर वुढाथोकीसचिवप्रचण्ड-माधव
१०रूकुम पश्चिमगोपाल शर्माअध्यक्षप्रचण्ड-माधव
बिमल पुनसचिवप्रचण्ड-माधव

सुदूरपश्चिम प्रदेश  : बाजुरामा प्रचण्ड–माधव पदाधिकारीविहीन

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये पाँचजना मात्रै पदाधिकारी छन् । चार जिल्ला अध्यक्ष र एक सचिवमात्रै ओली समूहमा लागेका छन् । यो प्रदेशमा पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन छ ।

७६ वटै जिल्लामा पदाधिकारी रहेको प्रचण्ड र माधव समूह यो प्रदेशको एउटा जिल्लामा भने पदाधिकारीविहीन छ । बाजुराका अध्यक्ष कालीबहादुर शाही र सचिव भरत बुढा दुबै ओली समूहमा लागेकाले प्रचण्ड र माधव नेपाल समूह यो जिल्लामा पदाधिकारीविहीन बनेको हो ।

क्र.स.जिल्लानामपदसमूह
कैलालीरतन थापाअध्यक्षओली
लालबहादुर सोडारीसचिवप्रचण्ड-माधव
कञ्चनपुरवीरबहादुर थापाअध्यक्षओली
तारा लामा तामाङसचिवप्रचण्ड-माधव
डोटीचक्र मल्लअध्यक्षप्रचण्ड-माधव
जंग विकसचिवप्रचण्ड-माधव
बझाङमीनबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
दमन भण्डारीसचिवप्रचण्ड-माधव
डडेलधुरामानसिं मालअध्यक्षप्रचण्ड-माधव
विरेन्द्रकुमार बस्नेतसचिवप्रचण्ड-माधव
दार्चुलागणेशसिंह खत्रीअध्यक्षप्रचण्ड-माधव
उदय बडालसचिवप्रचण्ड-माधव
बैतडीसुरेन्द्र पालअध्यक्षओली
प्रेमप्रकाश भट्टसचिवप्रचण्ड-माधव
अछामशेरबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
झपट साउदसचिवप्रचण्ड-माधव
बाजुराकालीबहादुर शाहीअध्यक्षओली
भरत बुढासचिवओली

 

प्रतिकृया दिनुहोस्