OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, पौष १६, २०७७जुम्ला,
८२५ पटक

पुस १६ गते । वेवारिसे व्यक्तिहरु अहिले पनि ओढारमा बस्ने खबर पाएपछि न्यानो कपडा र भाडा कुँडा राहात लिएर स्थानीय प्रशासन सहित सरोकारवाला निकायहरु ओढारमा पुगेका थिए ।

जुम्ला सदरमुकाममाबाट एक किलोमिटर टाढा नाओढारमा नौ महिना देखी ओढारमा बस्ने दैलेख घर बताउने एक महिलालाई स्थानीय प्रशासन सहित सरोकारवाला निकायहरुले पुनस्र्थापनका लागि स्थलगत अवलोकन गर्नुका साथै राहात बितरण गरको छ ।

ओडारमा वेवारिसे बस्दै गरेकी ति महिलालाई कम्वल, ज्याकेट, चामल, भाडाकुडा वितरण गरिएको छ । अहिले जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लामा सडक र घरवारविहिन रहेका वेवारिसे व्यक्तिहरुलाई खोज्दै न्यानो कपडा कम्वल र ज्याकेट वितरण गर्न शुरु गरिएको हो ।

जुम्लामा चिसो अत्याधिक बढ्दै गएको समयमा चन्दननाथ नगरपालिकामा स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र अपाङ्गता भएका नौ जना व्यक्तिहरुलाई ज्याकेट तथा कम्वल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाईटी जुम्लाले सडकमा चिसोको समयमा कपडा र ओढ्ने कम्बल नपाएर समस्या भएका व्यक्तिहरुलाई खोज्दै कपडा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी थापा सहित नन्दनबक्सका गणपति दिवाकर रायमाझी, प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, शशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई सहित पत्रकारहरु सरोकारवाला निकायहरु दुई दिन देखी सदरमुकाम क्षेत्रमा वेवारिसे व्यक्तिहरुको खोजी गर्दै, न्यानो कपडा लगाउने अभियान थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाले जुम्लामा कति जना सडकमा वाध्यात्मक हिसावले वस्ने नागरिक छन् । उनिहरुको तथ्यांक संकलन गर्न आवश्यक रहेको जानकारी दिदै सामाजिक विकास कार्यालयलाई तथ्यांक संकलन गर्न निर्देशन गरिएको जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले मानसिक समस्या भएका ति महिला नौ महिना देखी ओढारमा बास बसिरहेको हुदा चाडै पुनस्र्थापन गर्नुपर्ने जानकारी दिनुभयो ।

 ओढारमा बस्दै आएकी महिलालाई प्रजिअ थापावाट राहात बितरण : तस्बिर नेत्र शाही जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्