OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष १३, २०७७ जुम्ला,
७४९ पटक

खलङ्गा पुस १३ गते । नेपाली कांग्रेसले देशभर संविधान विघटन सम्वन्धी विरोधमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माओलीबाट सिफारिस भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्विकृत भएको संसद विघटनको विरोधमा पुस १३ गते विरोध सहित प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तरगत जुम्लामा पनि विरोध कार्यक्रम आयोजना गरेको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालयबाट विरोध ¥याली शुरु गरि, भारतीवाडा, मुख्यबजार चन्दननाथ मन्दिर हुदै बालमन्दिरमा कोणसभामा परिणत भएको नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

नेपाली काग्रेस जिल्ला कार्यसमिति जुम्लाका उपाध्यक्ष लक्षिमन बोहराको अध्यक्षतामा आयोजना गरिएको कोणसभामा बोल्दै नेपाली कांग्रेस जुम्लाका नेता कार्यकर्ताले कम्यूनिष्टको ओली सरकारले संविधानको हत्या गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जुम्ला उपसभापति तथा पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले ओली सरकारले संविधानको हत्या गरेको बताउनभयो । नेता देवेन्द्र शाहीले बामपन्थीले सरकार संचालन गर्न नसक्ने, संविधानमाथको “कु” गर्ने राम्रो नभएको भन्दै जुम्लाबाट निर्वाचित हुने नेताहरुले समेत चुनावको नारा नारामै सिमित राखेकोबताउनभयो । उहाँले सर्वोच्चको फैसला अनुसार कांग्रेस अघि बढ्ने बताउनुभयो ।

कांग्रेस नेता तथा चन्दननाथ नगरपाकिाका मेयर कान्तिका सेजुवालले ओलीले संविधानको हत्या गर्ने थाहाँ पाएपनि प्रचण्ड नेपालले समयमै अविश्वासको प्रस्ताव ल्याउन नसकेर नराम्रो भूमिका खेलेको आराप लगाउनुभयो । उहाँले अव वाम एकता फुटिसकेकाले नेपाली उदाउने उहाँको दावी छ ।

कार्यक्रममा नेपाली कांग्रेस जुम्लाका नेता गौरीनन्द आचार्यले बाम एकता सिसाझै फुटेकोले कम्यूनिष्टको हालत देखि सकिएको बताउनुभयो । कार्यक्रममा नेता खडक सेजुवाल, यूवा नेता घनश्याम थापा, दानबहादुर बुढा, महेन्द्र कार्कीले सम्वोधन गर्नु भएको थियो कोणसभामा स्वागत नगर सभापति पदमबहादुर शाहीले गर्नु भएको थियो भने सहजीकरण सघठन विभाग प्रमुख शाहीले गर्नुभएको थियो ।

यसैगरी भोली पुस १४ गते नेकपा प्रचण्ड माधव पक्षधरको संसद विघटनको विरोधमा देशभर विरोध कार्यक्रम तय गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्