OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ १५, २०७६चुकेनीखोला
३४८ पटक

चुकेनीखोला ÷असार १५ गते । जुम्लाकै मानिने यहाँको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको निर्माण कार्यका लागि बिजुली शिलान्यास गरिएको छ ।
वैकल्पिक उर्जा, गाउँपालिका र स्थानीयबासीहरुको सेयर लगानीमा शुरु भएको उक्त आयोजना एक कार्यक्रमका वीच कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले शिलान्यास गर्नुभएको छ ।
पातारासी गाउँपालिका १ गढिगाउँबाट उत्पादन हुने उक्त विधुतको शिलान्यास गर्दै मन्त्री भण्डारीले आयोजनाले पुरै जुम्लालाई उज्यालो दिने अपेक्षा गरिएको बताउनुभयो । मन्त्री भण्डारीले जनता आफै मालिक भएर संचालन भएको पहिलो ठूलो जुम्लाको विधुत आयोजना रहेको दावी गर्नुभयो ।
आयोजनाको निर्माण कार्य आरम्भ भएको भन्दै पातारासी गाउँपालिका उज्यालो हुने र विभिन्न उद्योगहरु संचालन गर्न सकिनेमा स्थानीय खुशी छन् । पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन वोहराले पातारासीको ठूलो योजना भएकाले चाडै सम्पन्न गर्न गाउँपालिकाको दायित्व रहेको बताउनुभयो ।
चुकेनी संहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले चुकेनी जलविधुत चाडै सम्पन्न गरि चाडै उज्यालो हुने गरी काम अगाडि बढाईने बताउनुभयो । उहाँका अनुसार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको रु २८ करोड , स्थानीयको सेयर रु २ करोड ५० लाख र गाउँपालिकाको रु १ करोड र प्रदेस सरकारको रु एक करोड लगानी सहित रु ४६ करोड लगानीमा आयोजना शुरु हुने भएको छ ।
निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स वुटवलले जिम्मा पाएको वैकल्पिक उर्जा नविकरणीय उर्जाका लागि जिविको पार्जन फिल्ड संयोजक पृथ्वी शाहीले बताउनुभयो । उहाँले १८ महिनामा काम सकिने गरी निर्माण शुरु गरिने जानकारी दिनुभयो ।
बि.सं २०६९ वैशाख महिनामा प्रयास गरिएको उक्त जलविधुत आयोजना रकम अभावका कारण रोकिएको थियो । अव भने वैकल्पिक उर्जा प्रवर्धन केन्द्र, गाउँपालिका र स्थानीको सहयोगले अगाडि बढ्ने पक्का भएको अध्यक्ष बोहराले बताउनुभयो । उहाँका अनुसार एशियाली विकास वैंक एडिविले पनि रु ३ करोड लोन दिनेछ । आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको प्रयासले लगानी वैकल्पिक उर्जाले शुरु गरेको उहाँको भनाई छ । यसैगरी पछि सवै स्थानीयवासीको र गाउँपालिको साथले हामी यो बिजुली बाल्न सफल हुने आशा व्यक्त गर्नुभयो । विहिवार टेण्डर भएको उक्त आयोजनाको भने सन बि.सं २०२१ सम्म विजुली वालि सक्नुपर्नेछ ।
उक्त आयोजनाको शिलान्यास कार्यक्रममा भने खुशीले सयौ स्थानीयको भिड थियो । जुम्लाको सदरमुकाम खलंगामा साना जलविधुत आयोजनाको ४० बर्ष अगाडिको २२० किलोवाट उत्पादन भएको बत्ति तीब्र जनसंख्या र बजारीकरण भएपछि जुम्ला सदरमुकाममा बत्तिको सकस छ । अव भने ९९८ बिलोवाटको चुकेनी जलविधुत आयोजना निर्माण भएमा पातारासी गाउँपालिका सहित जुम्ला सदरमुकामलाई पनि प्रयाप्त बिजुली पुरयाउने चुकेनी संहकारी संस्था लिमिटेडको लक्ष्य छ ।
जुम्लाको पातारासी गाउँपालिका जडिवुटिको भण्डारण क्षेत्र मानिन्छ । यहाँ यार्सा, पाँचऔले, भुल्ते, खिरौला सहित दर्जनौ लाखौको जडिवुटि उत्पादन हुन्छ । तर विजुली अभावका कारण जडिवुटि प्रशोधन केन्द्र स्थापना हुन तथा ठूला व्यपारीहरुले लगानी गर्न सकेको अवस्था छैन अव भने जडिवुटि प्रशोधन केन्द्र शुरु गर्न सकिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकहादुर बुढ्थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्