OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर २३, २०७७ जुम्ला,
५९९ पटक

मंसिर २३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमविविएस पढाईका लागि सरकारले प्रथामिकता दिने जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रको अनुगमन तथा स्थानीय तहमा अस्पताल शिलान्यास गर्न जुम्ला पुग्नु भएका राज्य मन्त्री रावतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको एमविविएसको अध्ययनका लागि सरकार र मन्त्रालय सकारात्मक भएको बताउनुभयो । प्रतिष्ठानमा भएका स्वास्थ्य सेवाहरुको अनुगमन र आयोजना गरिएको अन्तरक्रियामा राज्यमन्त्री रावतले एमविविएस तथा पूर्वाधारका लागि आन्तरिक गृहकार्य गर्न तथा मन्त्रालय सँग समन्वय गर्न निर्देशन समेत गर्नुभयो ।

मन्त्री रावतले कर्णाली सहित देशका ६ प्रतिष्ठान पाँच सय शैया, प्रदेश अस्पताल ३ सय शैयाको बजेट सहित पूर्वाधार शुरु भएको जानकारी दिनुभयो । तीन सय ९६ स्थानीय तहमा ५, १० र १५ शैयाको अस्पताल जनशक्ति सहितको तयार गरिएकोले स्वास्थ्यमा सरकारले केही गरेको बताउनुभयो ।

पूर्वराज्यमन्त्री बलबहादुर महतले कर्णालीमा केही सम्भव छैन भनेर दृष्टि फरक राखिएको समयमै नेपालमा कर्णाली प्रतिष्ठानको जन्म भएको भन्दै कर्णाली प्रतिष्ठानको पूर्वाधार र एमविविएसको लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रतिष्ठानले एमविविएसका लागि तयारी भईरहेको हुदा सहयोग गर्न अनुरोध गरेको थियो । कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले रु ६ अर्वको बहुबर्षिय योजना प्रधानमन्त्री उपस्थित सिनेटले पारित गरि सकेकाले कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । उहाँले प्रतिष्ठानले स्वास्थ्य सेवा गाउँमै दिने मौलिक स्वास्थ्य सेवा मोडल शुरु समेत गरेको जानकारी दिनुभयो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले एमविविएस अहिलेको लक्ष्य भएकाले सहयोग गर्न राज्यमन्त्री रावतलाई अनुरोध गर्नुभयो । उहाँले प्रतिष्ठानले तीब्र गृहकार्य गरिरहेको समेत जानकारी दिनुभयो ।
यसैगरी मन्त्री रावतले यहाँको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गर्नुभएको छ । अस्पतालको शिलान्यस गर्दै उहाँले कर्णालीमा ४२ स्थानीय तहमा अहिले ५ देखी १५ शैयाका अस्पताल शिलान्यास गरिएको जानकारी दिनुभयो । कार्यक्रममा तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले सरकारको यो कामले ग्रामिण क्षेत्रमा राहत पुग्ने भन्दै जनशक्ति र पूर्वाधार समेत अस्पतालमा हुनुपर्ने बताउनुभयो ।

सात प्रदेशमा सरुवा रोगका अस्पताल :

यसैगरी समग्र देशकै स्वास्थ्य अवस्थाका विषयमा जुम्लामा पत्रकार भेटघाट गरि जानकारी गर्नु भएको छ । उहाँले सरकारले कोरोना खोप किन्ने तयारी समेत गरिरहेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री रावतले सात प्रदेशमा सरुवा रोग अस्पताल शिलान्यास भईसकेको भन्दै पत्रकाहरुको कलम कर्णालीको विकासको आखाबाट थप बलियो हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकारहरुले कोरोना सहित स्वास्थ्यका समसामयिक बिषयका जिज्ञासा राखेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाईले कोरोनाको समयमा स्वास्थ्य दरवन्दीको लोकसेवा रोेकिनु राम्रो नभएको भन्दै चाडै बाटो दिन आवश्यक रहेको बताउनुभयो । महासघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले स्वास्थ्य बीमाबाट पाउने औषधी सहजै पाउनुपर्ने लगायतका जिज्ञासा राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्