OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर २२, २०७७जुम्ला,
११३९ पटक

मंसिर २३ गते । विधुत आपुर्ति अनियमितताको बिषयमा आज मैनबत्ति वालेर ध्यानाकर्षण गरिएको छ ।
विधुत तथा टेलिफोनका लागि गठन गरिएको संघर्ष समितिले आईतवार झरो वालेर ध्यानाकर्षण गराए सँगै सोमवार जुम्ला सदरमुकामको कृष्ण मन्दिरमा मैनबत्ति वालेर विधुत आपुर्तिको तत्कालिन र दिर्घकालिन समस्या सामाधान गर्न ध्यानाकर्षण गराईएको हो ।

संघर्ष समितिका संयोजक तथा नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत सहित स्थानीयले मैनबत्ति बालेर जुम्लामा विधुत नियमित हुनुपर्ने, राष्ट्रिय प्रशारणलाईनको काम चाडै सक्नु पर्ने लगायतका माग गरेका छन् ।

संघर्ष समितिका संयोजक महतले विधुत नियमित नहुदा सम्म शान्तिपूर्ण र निरन्तर आन्दोलन हुने भन्दै जुम्ली जनताको मागलाई ध्यान दिने कुरामा जोड दिन सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो । संघर्ष समितिले भोली जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, नेपाल विधुत प्राधिकरण कार्यालय, नेपाल टेलिकममा समेत ध्यानाकर्षण गरिने बताउनुभयो ।

नेपाल विधुत प्राधिकरणले संचालनको जिम्मा लिएको घुघुत्तिको बत्ति भारतीय दुतावासको सहयोगमा फेरिएका नयाँ मेशिन बिग्रेपछि जुम्ला अध्यारोमा छ । विधुतको बिषयमा यस अघि जिल्लाका राजनैतिकदलहरु सहित सरोकारवालाहरुको वैठकले विभिन्न निर्णय गरि ध्यानाकर्षण सहित विभिन्न विरोधका कार्यक्रमहरु अगाडि बढेका छन् ।

प्रतिकृया दिनुहोस्