OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २०, २०७७काठमाडौं
४१३ पटक


जुम्ला २० मंसिर ।
झण्डै आधा महिनादेखि नियमित विजुली आपूर्ति नभएपछि उपभोक्ता आन्दोलित भएका छन् । विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरी नियमित विद्युत आपूर्तिको माग राख्दै आन्दोलित भएका हुन् । विद्युत तथा सञ्चार सेवा आपूर्ति समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार आधा महिनादेखि उपभोक्ता विजुलीविहिन छन् ।


समितिले तत्कालित जेनेरेटरबाट विद्युत आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारण लाइन ६ महिना भित्र जडान गरी स्थायी रुपमा विद्युत आपूर्ति गर्नुपर्ने, टेण्डर आव्हान गरी जोडिएको मेसिनमा पटक पटक खराबी देखिएकोले छानविन नभए कानुनी प्रक्रिया अगाडी बढाउनुपर्ने जस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।


त्यसैगरी जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुदा कार्यसम्पादन प्रभावित भएकोले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने जनाएका छन् ।


दियालो कार्यक्रम गर्ने, विद्युत तथा सञ्चार सम्वन्धी प्रयोगमा आउने नेपाल टेलिकम, विद्युत प्राधिकरणमा सामग्री विझाउने जस्ता कार्यक्रम रहेका छन् ।


नगरपालिकाबासी दुई सातादेखि अध्याँरोमा बस्न बाध्य छन् । यहाँका नागरिक अध्यारोमा बस्न थालेको अहिले मात्रै होइन । हप्ता, महिना हुदै वर्षदिनसम्म पनि अध्यारो खेपिरहेका नागरिकलाई अहिलेको अध्यारो नौलो लाग्न छाडिसक्यो । दियालोको भरमा रात काट्छन् ।


घुघुती बिद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले थन्किएका छन् ।


२०४० सालमा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो । डुव्लिकेट ९नक्कली० नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको छ ।


विद्युत् प्राधिकरणको लापरवाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको नागरिक अगुवा महतले बताउनु भयो । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उहाँले भन्नुभयो एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ ।

प्रतिकृया दिनुहोस्