OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, मंसिर १८, २०७७जुम्ला,
६२४ पटक

मंसिर १८ गते । देशभर २९ औ अपांङ्ता दिवस मनाईएको छ । कोरोना भाईरसका कारण ठूला औपचारिक कार्यक्रम हुन नसकेपनि देशभर भर्चुअल छलफल अन्तरक्रिया, शुभकामना सन्देस, सहयोग तथा राहात बितरण गरिएका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक शुभकामना सन्देश दिनुभई संविधानले दिएको अधिकारको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्तिहरुमा अन्र्तनिहित क्षमता प्रदेशको विकास र समृद्धिमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले यसका लागि स्थानीय तहका सरकार सँगकोसमन्यवमा आवश्यक निति, योजना, कार्यक्रम, बजेट निर्माण गरी कर्णाली र राष्ट्रको मुल प्रवाहमा ल्याउने बताउनु भएको छ ।

यसैगरी कर्णालीमा जिल्ला र स्थानीय तहमा साना साना कार्यक्रमहरु आयोजना गरि मनाईएका छन् । हरेक बर्ष गैरसरकारी संस्थाको पहलमा हुने कार्यक्रम अहिले स्थानीय सरकारले दिवस मनाउन शुरु गरेका छन् ।

चन्दननाथ नगरपालिकाले नगरपालिका स्तरका पूर्ण अशक्त अपांगता भएका १० जना व्यक्तिलाई औपचारिक कार्यक्रम गरी कम्वल र हर्लिक्स बितरण गरेको छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका उपमेयर अप्सरादेवी न्यौपाने महतले अव स्थानीय सरकारले अपांगता भएका र विपन्न वर्गका लागि योजना बनाएर काम गर्ने बताउनुभयो । उहाँ अभिभावक विहिनहरुका लागि राज्य अभिभावक बन्ने दिन अव आएकाले योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
“कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता :अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सवैको प्रतिवद्धता” भन्ने मुल नारा सहित मनाईएको दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत कृष्ण बरामले समाजमा सवैभन्दा बढि अपंगाङ्गता भएका व्यक्तिहरुलाई राज्यले हेनुपर्ने भएको बताउनुभयो ।

अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले अपांगता सवालमा जोड नदिएको भन्दै ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले हिजो महिला विकास कार्यालय हुदा हुने काममा अहिले समावेशी काममा सुस्त भएको बताउनु भयो।

यसैगरी जिल्लाका विभिन्न स्थानीय तहमा दिवस मनाईएको छ । जिल्लाको तिला गाउँपालिका, तातोपानी सहित गाउँपालिकाहरुले भब्य रुपमा दिवस मनाएका छन् । तिला गाउँपालिकामा निश्चित व्यक्तिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको उपाध्यक्ष बिष्णुमाया बुढाले जानकारी दिनुभयो । उहाँले अव स्थानीय सरकारले यस्ता कार्यक्रमहरु अपनत्व लिन शुरु गरेको बताउनुभयो ।

यसैगरी तातोपानी गाउँपालिकाले पायक पर्ने वडामा कार्यक्रम गरि मनाएको उपाध्यक्ष गंगादेवी उपाध्यायले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका टोपी, पछुरा, हर्लिक्स वितरण गरिएको छ । गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा कार्यक्रम सम्पन्न गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले अपांगता भएका व्यक्तिहरुले पाउने सुविधा दिईनुपर्ने र पूर्ण अशक्त अपांगता भएका व्यक्तिले सेवा सुविधा दिन आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्