OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७७काठमाडौं
९२२ पटक

एजेन्सी । एक युवक एक बर्षमै २३ बच्चाका पिता बनेका छन । यतिका धेरै संख्यामा बच्चाहरुको जन्म आफैले विहे गरेर भित्र्याएका श्रीमतीहरुबाट भने भएको हैन । शुक्रकिट दान गर्ने प्रविधिका कारण यस्तो सम्भव भएको हो ।

अष्ट्रेलियाका एक युवक एलन फानले शुरुवाती समयमा शौखको रुपमा शुक्रकिट दान गर्थे । तर केही समयपछि उनले शुक्रकिट दिने कामलाई पूर्णकालिन जागिर जस्तै बनाए । यही कारण एलन फान बर्ष दिनमै २३ बच्चाका जैविक पिता बन्न सफल भएका हुन ।

शुक्रकिट दानका कारण एलन अहिले अष्ट्रेलियामा निकै चर्चित बनेका छन । फानको भनाई अनुसार उनको राम्रो नश्ल र स्वस्थ शुक्रकिटका कारण महिलाहरु उनीसंग शुक्रकिट प्राप्त गर्न लालयित हुन्छन ।

डेलिमेलका अनुसार एलन २ बच्चाका पिता हुन । फानले निजी क्षेत्रका प्रजनन् केन्द्र (फर्टिलिटी सेन्टर) मार्फत शुक्रकिट दान गर्दा एक बर्षमै २३ वटा बच्चा जन्मेका हुन । फानले सरकारी फर्टिलिटी सेन्टरमा पनि शुक्रकिट दान गर्दै आएका छन ।

अष्ट्रेलियाको ब्रिसबेन निवासी ४० बर्षीय युवक एलनमाथी अहिले छानविन चलिरहेको छ । रजिष्टर्ड नभएका अर्थात गैह्रकानुनी रुपमा सञ्चालित फर्लिलिटी सेन्टरहरुमा शुक्रकिट दान गरेको केही फर्टिलिटी क्लिनिकहरुले एलन माथी आरोप लगाएका छन । यही कारण निश्चित सिमाभन्दा बढी बच्चा जन्मिएको ती क्लिनिकहरुले दावी गरेका छन ।

अष्ट्रेलियाको भिक्टोरिया कानून अनुसार एक पुरुषले १० परिवारका लागि मात्रै शुक्रकिट दान गर्न पाउँछ ।

आफुमाथी लागेको आरोप बारे एलनको आफ्नै तर्क छ । उनका अनुसार आफुसंग शुक्रकिट माग्न आउने महिलाहरुलाई नाइ नास्ती गर्न उनका लागि धेरै कठिन हुन्छ । अर्थात उनले महिलाहरुको आग्रहलाई अस्विकार गर्न सक्दैनन् ।

त्यसैले उनले एकै दिन ३ जना महिलाहरुलाई विभिन्न प्रजनन् केन्द्रहरु मार्फत शुक्रकिट दान गरेको डेलिमेलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्