OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई मंसिर २, २०७७जुम्ला,
१२४२ पटक

मंशिर १ गते । जन्म दिनको फजुल खर्च छुटाएर स्थानीय सूर्यबहादुर डाँगीले ज्येष्ठ नागरिक, सहिद परिवार र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा बितरण गर्नुभएको छ ।

स्थानीय यूवा डाँगीले ३३ औ जन्मदिनको अवसरमा महिला तथा ज्येष्ठ नागरिकलाई पछौरा र पुरुषलाई न्यानो टोपी र मफलर उपलब्ध गराउनु भएको हो । तातोपानी गाउँपालिका वडा नम्बर ५ का ७१ जना ज्येष्ठ नागरिकहरु रु ५५ हजार वरावरको न्यानो कपडा एक कार्यक्रममा सम्मान गरि वितरण गरिएको हो ।


ज्येष्ठ नागरिकहरु र सरोकारवाला निकायहरुले जन्म दिनको फजुल खर्च छुटाएर नमूना सामाजिक काम गरेकोमा डाँगीलाई धन्यवाद ज्ञापन गरेका छन् । पूर्व राज्यमन्त्री गोमा कुँवरले पछिल्लो समय जन्मदिनलाई खर्चालु गर्नुभन्दा ज्येष्ठ नागरिकलाई न्यानो कपडा नमुना काम भएको बताउनुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जन्मदिनमा नेपाल भित्रिदै गएको पश्चिमा सस्कृतिलाई ध्वस्त गर्दै नमूनाका काम गरेकोमा अरुले पनि सिक्नुपर्ने बताउनुभयो । नेकपा जुम्ला अध्यक्ष विरबहादुर कुँवरले जन्मदिनलाई फरक शैलीमा मनाउने कामको आरम्भ गरेकोमा धन्यवाद तथा वधाई दिनुभयो ।

जुम्लामा तापक्रम माईनस डिग्रि भईसकेको हुदा वाक्ला कपडाहरु अहिले आवश्यक परिरहेको समयमा ७१ जनालाई न्यानो कपडा उपलब्ध गराएपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन् । वन क्षेत्रको निजामति कर्मचारीमा आवद्ध सूर्य डाँगीले १३ बर्षमा भूमिगत भएर कष्ठ गरिएको तर यो अवस्थामा केही नगर्ने राम्रो नभएको भन्दै समाजसेवा गर्न आवश्यक रहेको बताउनुभयो । डाँगीलाई नमूना काम गरेको भन्दै वधाई तथा शुभकामना दिनेको प्रतिष्पर्धा थियो ।

डाँगीले गरेको सम्मान कार्यक्रममा एक सय ३ बर्षिय आमा हरिकला डाँगी पनि सम्मानित हुनु भएको छ । उहाँले चिसोको समयमा बुढाबुढीलाई गरिएको काम निकै राम्रो गरेकोमा धन्यवाद समेत दिनुभयो ।

क्याप्सन ः ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा दिईदै तस्बिर नेत्र शाही तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्