OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर २, २०७७जुम्ला,
१०११ पटक

मंशिर १ गते । “प्रस्तोताले पहिलो प्रश्न गर्नुभयो । बज्यू तपाईहरुको विवाह कहिले भयो ? ज्येष्ठ नागरिक आमाको उत्तर आयो ९ बर्षमा विवाह भयो । त्यही प्रश्न अर्की आमालाई सोध्नु भयो । तपाईको नि बजै ? मेरो विवाह भएको त थाहाँ पाईन । मलाई विवाह आजभोली जसरी विवाह गर्छन, त्यस्तै भयो होला जस्तो लाग्छ ।

लाम्रा सम्वादमा ७ जना ६५ देखी ८३ बर्षका ज्येष्ठ नागरिक आमाहरुले आफुहरुको विवाह ८ देखी १० बर्षमा भएको र हिजोको संस्कारमा कसरी जीवन व्यतित भयो, अनुभव कथा जस्तै र रमाईलो पनि भयो ।

लाम्रा गाउँले गरेका “लाम्रा सम्वाद, गाउँका कुडा”मा यस्तै, यस्तै अनुभवका रोचक कुराले धेरैका मन छोयो । खाली समयमा गाउँका वौद्धिक यूवाहरुले गरेको परिकल्पनामा विभिन्न १२ शेसनमा वहश भएको थियो ।

यहाँको लाम्रा गाउँले तिहारको अवसर पारेर ज्येष्ठ नागरिक देखी जानकार गाउँका व्यक्तिहरुको अनुभव देखी ईतिहास झल्काउने काम गरेको छ । लाम्रा गाउँमा शुक्रवार देखी सञ्चालन भएको “लाम्रा सम्वाद, गाउँका कुडा”मा खस सभ्यतामा मनाईने सस्कृतिहरु, गाउँको ईतिहास, रितिथिति देखी विभिन्न लुकेका बिषयमा मौलिक सम्वाद अनुकरणीय र नयाँ भयो ।

गाउँको ईतिहास र ज्ञान शिप पुनरावृत्ति :
जु्म्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ स्थित लाम्रा गाउँमा रहेका १८३ घरधुरीका स्थानीय यूवाहरु, बुद्धिजीवि र जानकारहरुले आयोजना गरिएको गाउँका कुडा लाम्रा सम्वादमा खस संस्कतिको ज्ञानमुलक कार्यक्रमले हाम्रो पुस्ता, समाज र यूवाको सिकाईमा जोड दिएको छ । चौलागाई, उपाध्याय, दलित समुदाय बस्ने उक्त गाउँमा धेरैका अनुभवहरु गाउँले र सरोकारवालाहरुले सुनेपछि अच्चमित भएका छन् । विशेष गरी ज्येष्ठ नागरिकका कुराहरुले यूवा पुस्तालाई ज्ञान , शिप अनुभव हस्तान्तरणको यूवा पुस्तामा पुनराबृत्ति गरिएको छ । कार्यक्रमको पहिलो दिन गाउँको जडो, तिर्थ र हाटको कुरा, कुलोको कथाले लाम्रा गाउँवासीलाई एक पटक पुर्खा र पौरखको कथा पुनराबृत्ति गरेको छ ।

“ओक्तो र देउता के कसरी ?
दोस्रो दिन शनिवार “ओक्तो र देउता,” “संस्कार सस्कृति,”“ श्रम र सीप,”“ सर्जग र सृजना लगायतका महत्वपूर्ण शेसनहरु भएका छन् । संस्कृति र सस्कारमा खस संस्कृतिका मागल, विवाह, साउने सक्रान्ति, तागे संक्राति सहितका विभिन्न सस्कार र सस्कारका बिषयमा वहश गरिएको छ । गाउँका स्थानीय तथा चन्दननाथ नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख खडानन्द चौलागाईबाट सहजीकरण गरिएको उक्त शेसनमा ति सस्कारहरु भनेका के हुन ? कसरी मनाईन्छन, ईतिहास के भन्ने देखी विभिन्न बिषयमा कुराकानी भएका छन् ।
हरिवावु चौलागाईले सञ्चालन गर्नुभएको “देउता र ओक्तो” सेशनमा करिब ८० बढि जडिवुटिवाट गरिने औषधीका नाम र यसबाट हुने उपचारको बिषयमा ज्येष्ठ नागरिक प्रवानन्द चौलागाईले जानकारी दिनु भएको छ । वक्ता चौलागाईले आफुलाई रागन लागेपछि औषधि उपचारमा लागेको बताउनुभयोे । गाउँ सम्वादमा उहाँको अनुभव हेर्दा कुनै वैद्य डाक्टर भन्दा कम छैन् ।

बज्यूका कुडाले स्तब्ध बनायो :
सम्वादको तेस्रो दिन बज्यूका कुडा शेसन, विकास र शुसाशन, ठिक थिति र राजनिति, उद्यमशिलता र उद्यम बिषयमा सम्वाद गरिएको छ । स्थानीय जयलक्ष्मी चौलागाइले संचालन गर्नुभएको सम्वाद “बज्यूका कुडामा” ६५ देखी ८३ बर्षका ज्येष्ठ नागरिक आमाहरुले आफुहरुको विवाह, काम र तत्कालिन समय र हालको महिलाहरुमा आएको परिवर्तनका बिषयमा अनुभव सुनाउदा सहभागी छक्क भएका थिए । ८ बर्ष देखी १० बर्ष भित्र सम्वादमा सहभागी सवैको विवाह भएको र कसैलाई आफ्नो विवाह समेत थाहा नभएको बताउनुका साथै उहिले र अहिलेको महिलाहरुको संघर्ष निकै फरक भएको बताएका छन् ।

यसैगरी स्थानीय तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलगाईले संचालन गरेको शेसनमा “गाउँको विकास, शुसाशनका” बिषयमा गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत बिष्णु धिताल, स्वास्थ्य संयोजक गुरु चौलगाई र प्रहरी चौकी ईन्चार्ज असई राजेन्द्र गिरी सहितका बक्ताहरुले वहश गर्नुभएको थियो । गाउँपालिकामा भएका विकास र योजना तथा सेवा प्रवाहमा सहज तथा शान्ति सुरक्षाका बिषयमा छलफल भएको थियो । गाउँपालिकामा भएका अनुकरणीय कामहरु, खानेपानी विजुली, सञ्चार सहितका विभिन्न काममा जोड दिईएको छ । विकास सँग सम्वन्धित पालिका स्तरका निकायलाई लाम्रा गाउँको विगत, अहिले र भविश्यको विकास कस्तो रहेछ भन्ने विषयले तान्यो ।

गाउँ सम्वादमा समापन शेसन भिन्नै थियो । मौलिक समापन शेसनमा प्रकृतिको स्थानीय पुजारीहरुले मष्टो सहितका देवताहरुको नाम भन्दै आरम्भ गरेका थिए । मौलिक प्रकृतिको कार्यक्रम गर्दा अतिथिले पनि अनुकरीण काम भएको भने । चन्दन्नाथ नगरपालिका मेयर कान्तिका सेजुवालले खस सस्कृतिका पुष्ताले बोल्ने शब्द हराउदै गएको सन्दर्भमा लाम्रा गाउँले गरेको मौलिक कार्यक्रम अनुसन्धनामा जोड दिएको बताउनुभयो । उहाँले बज्यूका कुडाँ शेसनमा ज्येष्ठ नागरिक महिलाहरुको विगत र अहिलेको अनुभव साट्ने मौका दिएको भन्दै रु तीनहजार एक सय रुपैया ति आमाहरुलाई सम्मान स्वरप उपलब्ध समेत गराउनुभयो । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकाको सोचमा रहेको कार्यक्रम निकै राम्रो भएको भन्दै दस्तावेज गर्न सघाउने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जीवन जीउने सस्कार, गाउँ, समाज, सस्कृति, आर्थिक अवस्था, जनशक्ति र विकास सम्वादले झल्काएको बताउनुभयो । कार्यक्रममा खस भाषाको देउडा, मागल र विभिन्न मनोरञ्जन कार्यक्रम पनि भएका थिए ।

परिकल्पना महत्वपूर्ण :
कार्यक्रममा संयोजक धनप्रसाद चौलागाईले साना साना सस्कार र सस्कृतिलाई हामीले उजागर गर्नुपर्ने भएकाले सानो कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रमको परिकल्पना समाजसेवी माधव चौलागाईले गर्नुभएको थियो । गत बर्ष प्रदेश राजधानी सुर्खेतमा “ कुडा कर्णालीका ” कार्यक्रमले लोकप्रियता छाए जस्तै जुम्लामा लाम्रा सम्वाद गाउँका कुडाले एक तिथि बसालेको छ । “ कुडा कर्णालीका ” कार्यक्रममा खसका खासखुस, काला पहाडका तोडा, ११ जिल्लाको प्रदेश लगायतका विभिन्न शेषनमा राष्ट्रिय ख्याति प्राप्त पत्रकार, बुद्धिजीवि, नेता तथा विभिन्न व्यक्तित्वहरुले वहस गरेका थियो । सो मौलिक कार्यक्रम परिकल्पनाकार मध्यका एक माधव चौलागाई पनि हुनुहुन्थ्यो ।
क्याप्सन :लाम्रा गाउँमा बज्यूका कुडा सम्वाद तस्बिर नेत्र शाही ।

 

प्रतिकृया दिनुहोस्