OnlinePana

आज : २०८३ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २१, २०७७काठमाडौं
११६५ पटक

२० असोज २०७७ बुधबार

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले  बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

ब्ल्याकहोल र सापेक्षवादको सिद्धान्तको अन्तर्सम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक रोजर पेनरोजलाई आधा र ग्यालेक्सीबारे अध्ययन गरेका गेन्जेल र घेजलाई बाँकी आधा गरी संयुक्तरुपमा तीन जनालाई यो पुरस्कार प्रदान गरिएको हो । अनलाइन खबरबाट साभार

प्रतिकृया दिनुहोस्